‘मिस नेपाल नर्थ अमेरिका २०१८’ मा मोनिका घले विजयी
काठमाडौँ । मोनिका घले न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेता घोषणा भएकी छिन् ।
प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ का लागि अन्तिम १७ प्रतियोगीहरुको छनौटका क्रममा घले विजयी बनेकी हुन् ।
त्यस्तै प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को प्रथम बिजेता सुजाता लामा तथा द्वितीय श्रीजना राई घोषणा भएकी छन ।
गत अगस्त ६ तारिखबाट छनोट सुरु भएको उक्त प्रतियोगिता ११ तारिखमा विजेता घोषणा गरिएको हो ।
अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता भएका थिए ।
पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागीमध्ये दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० मध्ये अन्तिम चरणमा पुगेका ५ मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ की बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।
सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण