सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासमा प्रतिबद्ध रहेको बताएका छन् ।
- उनले नागरिकका परिवर्तनप्रतिको आकाङ्क्षा सम्बोधन गर्न सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
- मन्त्री खनालले अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको सहकार्यमार्फत राष्ट्रिय हितलाई अगाडि बढाउने बताए ।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध भएर लागि परेको बताएका छन् । बिहीबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी कार्यक्रममा बोल्दै उनले उक्त दाबी गरेका हुन् ।
मन्त्री खनालले नागरिकहरूमा परिवर्तनप्रतिको आकाङ्क्षालाई सम्बोधन गर्न सम्बन्धित सबै पक्षले मिलेर काम गर्नुपर्ने पनि बताए । उनले मुलुकलाई समृद्ध बनाउने साझा लक्ष्यमा पुग्नका लागि मूर्त र दिगो विकास साझेदारीका प्रयासहरूलाई अघि बढाउन आवश्यक रहेको बताए ।
उनले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको संलग्नतामार्फत नेपालको राष्ट्रिय हितलाई अगाडि बढाइने पनि बताए । विकास साझेदारहरूसँग साझेदारीलाई सुदृढ पार्नु, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्नु र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकताहरूलाई प्रभावकारी रूपमा प्रतिनिधित्व गर्ने सुनिश्चित गर्ने काममा सरकार लागि परेको मन्त्री खनालको भनाइ थियो ।
उनले भने, ‘हाम्रा नागरिकका अपेक्षाहरू फेरिएका छन्, ती आकांक्षा पूरा गर्न परम्परागत शैलीभन्दा बाहिर निस्केर काम गर्नु आवश्यक छ । सरकार एआईएनसँग नयाँ ऊर्जाका साथ सहकार्य गर्दै समृद्धिको साझा लक्ष्य प्राप्त गर्न तयार छ ।’
मन्त्री खनालले स्थानीय सरकारलाई बलियो बनाएर मात्रै सामाजिक सङ्घ, संस्थाहरूको कामलाई प्रभावकारी बनाउन सकिने पनि स्पष्ट पार्नुभयो । उहाँले मुलुकको दिगो शान्ति, विकास र समृद्धिलाई अगाडि बढाउने राष्ट्रिय प्रयासहरूलाई सार्थक बनाउने गरी विकास साझेदार संस्थाहरूले काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण