गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
सारांश
- रसुवा भन्सार कार्यालयका प्रमुखसहित ६ जना कर्मचारीलाई बजेटमा वृद्धि भएको कर छल्न सहयोग गरेको आरोपमा भन्सार विभागमा तानिएको छ।
- सूचनाको आधारमा सवारी साधन नआई भन्सार जाँचपास गरेको आरोपमा उनीहरूलाई विभागमा तानिएको हो।
- सरकारले बजेटमा महँगा सवारी साधनमा लाग्ने कर वृद्धि गरेपछि पुरानै प्रणाली अनुसार भन्सार जाँचपास गराएर मूल्य छलेको विषयमा छानबिन गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको छ।
काठमाडौँ । रसुवा भन्सार कार्यालयका ६ जना कर्मचारी भन्सार विभागमा तानिएका छन्। बजेटमा वृद्धि भएको कर छल्न अनधिकृत रूपमा भन्सार छल्न सहयोग गरेको आशङ्कामा रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईसहित ६ जनालाई विभागमा तानिएको हो।
कार्यालयले भन्सारमा लाग्ने मूल्य बढ्ने सूचनाको आधारमा सवारी साधन नै नआई भन्सार जाँचपास गरेको आरोप सूचनाका आधारमा उनीहरूलाई विभागमा तानिएको अर्थ मन्त्रालयले जनाएको छ।
बुधबार नै कोरला नाकाबाट समेत नेपाल भित्रिएका झण्डै ८०० सवारी साधनलाई नियन्त्रणमा लिइएको थियो। यो गाडीको आयातको सम्बन्धमा छानबिन गर्न अर्थ मन्त्रालयले समिति समेत गठन गरेको छ।
विभागको नीति तथा मूल्याङ्कन शाखा प्रमुख भुपालराज शाक्य संयोजक रहेको अन्तरनिकायगत छानबिन समिति गठन गरिएको हो। उक्त समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत प्रतिनिधिको सहभागिता समेत रहेको विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले जानकारी दिए।
जेठ १५ गते सरकारले ल्याएको बजेटमा महँगा सवारी साधनमा लाग्ने करमा वृद्धि गरिएको थियो । कुनै गाडीको भन्सार मूल्य त दोब्बरसम्म बढेको छ।
पुरानै प्रणाली अनुसार भन्सार जाँचपास गराएर मूल्य छलेको विषयमा छानबिन गर्न यस्तो समिति गठन भएको र समिति फिल्डमा खटिइसकेको विभागले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण