सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
सारांश
- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले मधेस प्रदेशका ३ प्रदेशसभा सदस्यलाई पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोपमा सचेत गराएको छ ।
- सर्लाहीका तीन प्रदेशसभा सदस्यले आफूमाथिको आरोप निराधार रहेको भन्दै स्पष्टीकरण बुझाएका थिए, जसलाई चित्तबुझ्दो ठान्दै समितिले जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ ।
- बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउतले अनुशासन उल्लङ्घनको आरोपबाट सफाइ पाएका छन् भने बारा जिल्ला सभापति राजेश राय यादवलाई पार्टीको आधिकारिक उम्मेदवारलाई अन्तरघात गरेको आरोपमा पदबाट निलम्बन गरिएको छ ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले ले मधेस प्रदेशका ३ प्रदेशसभा सदस्यलाई सचेत गराएको छ ।
बिहीबार बसेको समिति बैठकले सर्लाही जिल्ला क्षेत्र नम्बर २ का तीन जना प्रदेश सभा सदस्यहरूलाई समितिले सजगताका साथ पार्टीको जिम्मेवारी पूरा गर्न निर्देशन दिएको हो ।
निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप लागेका सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले आफूमाथिको आरोप निराधार रहेको भन्दै स्पष्टीकरण बुझाएका थिए।
उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो भए पनि समितिले आगामी दिनमा कुनै गुनासो नआउने गरी पार्टीको विधान र नियमावलीप्रति प्रतिबद्ध रही पदीय जिम्मेवारी निर्वाह गर्न उनीहरूलाई निर्देशन दिएको छ।
बाराका उपसभापतिलाई सफाइ
बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउतले भने अनुशासन उल्लङ्घनको आरोपबाट सफाइ पाएका छन् ।
उनले बुझाएको स्पष्टीकरण सन्तोषजनक रहेको र मिसिल संलग्न कागजात अध्ययन गर्दा थप कारबाही गर्नुपर्ने अवस्था नदेखिएको भन्दै समितिले उनलाई सफाइ दिने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समिति बैठकले पार्टीको आधिकारिक उम्मेदवारलाई अन्तरघात गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ ।
संयोजक तारामान गुरुङको अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले यादवलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण