रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
सारांश
- रामग्राममा सांस्कृतिक भवन र सूचना केन्द्र निर्माण अन्तिम चरणमा छ।
- नगरपालिका र उपभोक्ता समितिको सम्झौता अनुसार भवन निर्माण भइरहेको छ।
- थारू संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा भवनले सहयोग गर्नेछ।
नवलपरासी । बर्दघाट सुस्तापश्चिम नवलपरासीको रामग्राममा सांस्कृतिक भवन तथा सूचना केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । रामग्राम नगरपालिका–१४ मा रु ५४ लाखको लागतमा सो केन्द्र निर्माण सम्पन्न गर्न लागिएको हो ।
सांस्कृतिक भवन र सूचना केन्द्र जेठ महिनासम्म सम्पन्न गर्ने गरी रामग्राम नगरपालिका र हडहिया माई सांस्कृतिक भवन निर्माण उपभोक्ता समितिबिच २०८२ पुसमा सम्झौता भएको थियो । हालसम्म ९५ प्रतिशत भवन निर्माण सम्पन्न गरिसकेको रामग्राम नगरपालिकाका इन्जिनियर ललितनारायण चौधरीले बताए ।
स्वदेशी तथा विदेशी पर्यटक थारु संस्कृति देखेर लोभिने गरेकाले रामग्राम नगरपालिकाले थारु समुदायको बाक्लो बसोबास रहेको परसावल गाउँमा थारु संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि सांस्कृतिक भवन तथा सूचना केन्द्र स्थापनाको काम अघि बढाएको हो । स्वदेशी तथा विदेशी पर्यटकलाई राति बास बस्नका लागि स्थानीय थारु समुदायले होमस्टे निर्माण गरेर सञ्चालनमा ल्याउन लागेका छन् ।
हडहिया माई देवीको मन्दिर तथा पुरातत्त्वसँग सम्बन्धित दुई बिघा पोखरीमा विगतका दिनमा बौद्ध भिक्षुहरू विश्राम गर्न आउने गरेका रामग्राम नगरपालिका–१४ का वडाध्यक्ष ओमप्रकाश यादवले बताए । हिन्दु तथा बौद्धधर्मसँग सम्बन्धित रहेकाले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई थारु समुदायले आफ्नो कला, सङ्गीत र नृत्य देखाउने उद्देश्यले रामग्राम नगरपालिकाले सांस्कृतिक भवन निर्माण गरेको हडहिया माई सांस्कृतिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपकप्रसाद चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर स्थित सिद्धपोखरी मर्मत धमाधम (तस्बिरहरू)
-
सानदार छनोट यात्रा पार गरेका आइभोरी कोस्ट र इक्वेडरबिच कडा टक्करको अपेक्षा
-
अमद डियालो : विश्वकपमा आइभोरी कोस्टका मुख्य हतियार
-
प्रहरी सङ्गठन जनताकाे पहिलो सरकार हो : मुख्यमन्त्री कार्की
-
रास्वपा प्रदेश सभापतिमा सांसदहरू नै पराजित
-
असार १ गतेदेखि चिया उद्योग बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण