सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
सारांश
- सिंगापुरमा जारी एसियन गेम्स पुरुष छनोटको उपाधि भिडन्तमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुनेछ।
- नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले र हङकङले मलेसियालाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्।
- दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेकाले खेल कडा हुने अनुमान गरिएको छ।
काठमाडौँ । एसियन गेम्स पुरुष छनोटको फाइनल खेलमा आज सोमबार नेपाल र हङकङ आमनेसामने हुँदै छन्।
सिंगापुरमा जारी यस प्रतियोगिताको बहुप्रतीक्षित उपाधि भिडन्त नेपाली समय अनुसार दिउँसो १२:१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ। प्रतियोगितामा अहिलेसम्म दुवै टोली अपराजित रहँदै समूह चरण र सेमिफाइनल जितेर फाइनलमा प्रवेश गरेका हुन्।
नेपालले सेमिफाइनल खेलमा ओमानमाथि ८ विकेटको सानदार जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो। उक्त खेलमा नेपालको धारिलो बलिङसामु ओमानको ब्याटिङ लाइनअप ध्वस्त भएको थियो र पूरै टोली ९४ रनमै समेटिएको थियो। ओमानले दिएको उक्त सामान्य लक्ष्यलाई नेपालको विस्फोटक ब्याटिङ अर्डरले मात्र ९.२ ओभरमा पूरा गरेको थियो।
अर्कोतर्फ, हङकङले सेमिफाइनलमा मलेसियाको चुनौतीलाई ६ विकेटले पन्छाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो। मलेसियाले दिएको ११५ रनको लक्ष्यलाई हङकङले १० बल बाँकी छँदै सफलतापूर्वक पछ्याएको थियो।
आजको फाइनल खेलमा दुवै टोलीबिच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। खेलमा नेपालको बहुआयामिक बलिङ आक्रामक रूपले हङकङलाई सुरुवातमै दबाबमा राख्ने रणनीतिका साथ मैदान उत्रनेछ। विशेष गरी नेपालका स्पिनर र पेसरको संयुक्त आक्रमण हङकङका ब्याटरका लागि चुनौतीपूर्ण बन्न सक्छ।
यसैगरी, पावरप्लेको समयमा नेपालका प्रारम्भिक ब्याटरहरूले आक्रामक सुरुवात गर्ने रणनीति बुन्दा हङकङले भने अनुशासित बलिङ र फिल्डिङमार्फत नेपाललाई रोक्ने प्रयास गर्ने देखिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण