रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको सभापतिमा मिनि माधव खनाल निर्वाचित भएका छन्।
- खनालले २२२ मत प्राप्त गर्दै कृष्ण प्रसाद भुसाल र प्रकाश आचार्यलाई पराजित गरे।
- उपसभापतिमा निर्मला गिरी, सचिवमा तेजेन्द्र प्रसाद पौडेल र सहसचिवमा कुशल पाठक निर्वाचित भएका छन्।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ चितवनको सभापतिमा मिनि माधव खनाल निर्वाचित भएका छन्।
आइतबार सम्पन्न रास्वपा चितवनको प्रथम अधिवेशनबाट प्रतिस्पर्धीहरूलाई पराजित गर्दै खनाल सभापतिमा निर्वाचित भएका हुन्।
सभापति पदका लागि उम्मेदवार बनेका कृष्ण प्रसाद भुसाल र प्रकाश आचार्यलाई हराउँदै खनालले नेतृत्व हात पारेका हुन्। खनालले २२२ मतसहित विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भुसालले १११ मत र आचार्यले २२ मत प्राप्त गरे।
यस्तै, उपसभापति पदमा निर्मला गिरी निर्वाचित भएकी छन्। गिरीले १९० मत पाएर उपसभापतिमा बाजी मार्दा उनका निकटतम प्रतिद्वन्द्वी टिकादत्त इटनीले ८४ मत र प्रभाकार जोशीले ७३ मत मात्र पाए।
रास्वपा चितवनको सचिव पदमा तेजेन्द्र प्रसाद पौडेल १९४ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेत्र लामिछाने १४५ मतमा सीमित रहे। यसैगरी, सहसचिव पदमा कुशल पाठक १८७ मत ल्याएर विजयी भएका छन्।
उक्त पदका अन्य उम्मेदवारहरू पार्वती पाण्डेले ६९ मत, बेद प्रसाद आचार्यले ५४ मत र चुम बहादुर जिसीले ३७ मत प्राप्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
-
सुनको मूल्यमा गिरावट, चाँदीको भने बढ्यो
-
फिलिपिन्समा भूकम्पमा परेर ३ जनाको मृत्यु, ५ जना घाइते
-
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
-
के तपाईंको सम्बन्ध भावनात्मक रूपमा असुरक्षित छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण