त्रिपुरेश्वरमा लागेको आगो नियन्त्रणमा
सोमबार, २५ जेठ २०८३, १० : ३५
सारांश
- त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै चिया तथा खाजा पसलमा लागेको आगो नियन्त्रणमा आएको छ ।
- सोमबार बिहान ७ बजेर ३८ मिनेटमा ग्याँस लिक भएर आगलागी भएको र खाजा घरको सामान जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
- आगलागीबाट दोस्रो तलाको झ्याल तथा पर्दा पनि जलेर नष्ट भएको छ ।
काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै चिया तथा खाजा पसलमा लागेको आगो नियन्त्रणमा आएको छ । सोमबार बिहान ७ बजेर ३८ मिनेटमा सुरु भएको आगो सुरक्षाकर्मीले दमकल प्रयोग गरेर निभाएका हुन् ।
काठमाडौँ महानगरपालिका–११ स्थित ज्वालादेवी श्रेष्ठको ५ तले घरको पहिलो तलामा आगलागी भएको हो । आगलागीबाट ४५ वर्षीया सविना डङ्गोलले सञ्चालन गरेको चिया तथा खाजा घरमा क्षति पुगेको छ ।
खाजा घरको सामान जलेर पूर्ण रूपमा नष्ट भएको र दोस्रो तलाको झ्याल तथा पर्दा पनि जलेर नष्ट भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
ग्याँस लिक भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । क्षतिको अन्य विवरण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुङ मार्ग सञ्चालनमा ढिलाइ हुनु व्यवस्थापकीय कमजोरी हाे : रञ्जित कर्ण
-
सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
-
सर्वदलीय बैठकमा रवि लामिछानेले गरे भारत भ्रमणबारे ब्रिफिङ
-
बलिउड अभिनेता बेदीले गरे पशुपतिनाथको दर्शन
-
सांसद बस्नेतले सोधे : नागढुंगा सुरुङ मार्ग कहिलेदेखि सञ्चालनमा आउँछ ?
-
परराष्ट्रमन्त्री खनालको भारत भ्रमणपछि सीमा विवादबारे के भन्छन् भारतीय मिडिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण