राजनीति
रास्वपाकाे बागमती प्रदेश अधिवेशन स्थगित, प्रहरीले कार्यक्रमस्थल खाली गरायाे
बुधबार, २७ जेठ २०८३, ११ : ५७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन मतदाता नामावलीमा विवाद देखिएपछि स्थगित गरिएको छ ।
- निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेर मतदान सुरु गरे पनि विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित भएको हो ।
- प्रहरीले निर्वाचन समितिको निर्देशनमा कार्यक्रमस्थल खाली गराएको छ र समितिको तर्फबाट अर्को मिति तोकिएको छैन ।
हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बागमती प्रदेश अधिवेशन स्थगित गरिएको छ । बुधवार मतदाता नामावलीमा विवाद देखिएपछि अधिवेशन स्थगित गरिएको हो ।
_MLlfBhg0EM.jpg)
निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेर बुधवार बिहान मतदान समेत सुरु भएको थियो । तर विवाद उत्पन्न भएपछि अधिवेशन स्थगित गरिएको अधिवेशनमा सहभागी एक नेताले जानकारी दिए ।
निर्वाचन समितिले निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरेर कार्यक्रम स्थल खाली गर्न निर्देशन दिएको छ । समितिको सो निर्देशन लगत्तै प्रहरीले कार्यक्रम स्थल खाली गराएको छ । समितिले निर्वाचनको लागि अर्को मिति तोकेको छैन ।
_jp9saHtYtW.jpg)
_bdwyTMwPqs.jpg)
_Uk5zeVdkiq.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण