वैदेशिक रोजगारीमा ठगी, ४ जना पक्राउ
बुधबार, २७ जेठ २०८३, १५ : १३
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्वसाधारणसँग रु ३० लाखभन्दा बढी ठगी गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहादुर सुनुवार, झापाका ४५ वर्षीय अनिल अग्रवाल र तनहुँका ३७ वर्षीय विवेक अधिकारीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरुले क्रोएशिया, स्वीटजरल्याण्ड, अष्ट्रिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणसँग ठूलो रकम असुल गरेको अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाँसिरहेका प्रहरी महानिरीक्षकलाई जब प्रभातले रुवाए...
-
आफ्नो भारत भ्रमण र बालेनको विवादित अभिव्यक्तिबारे यस्तो छ परराष्ट्रमन्त्रीको प्रष्टीकरण (पूर्णपाठ)
-
संसद्मा प्रश्न गर्ने क्षमताले आत्महत्या गरेको कारुणिक दृश्य देखिरहेको छु : भीष्मराज आङ्देम्बे
-
‘औषधिको गुणस्तरमा भिन्नता छैन’
-
दल त्याग गरेपछि एमालेबाट निर्वाचित ८ वडाध्यक्षको पद रिक्त (सूचीसहित)
-
भारतबाट ५० हजार मेट्रिक टन मल आउने निश्चित, खरिद प्रक्रिया अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण