अमेरिका–इरानबिचको पछिल्लो लडाईंप्रति रुसको चिन्ता
मस्को । अमेरिका र इरानबिच पछिल्लो समय भएको सैन्य भिडन्तप्रति गम्भीर चिन्ता व्यक्त गर्दै रुसले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पत्रकारहरूसँग कुरा गर्दै अमेरिका–इरानबिचको नयाँ सैन्य टकरावले क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्न सक्ने बताइन् । उनले भनिन्, ‘इरान इस्लामिक गणतन्त्रमाथि अमेरिका र इजरायलद्वारा गरिएको उक्साहटरहित आक्रमणबाट सुरु भएको अमेरिका–इरान सैन्य भिडन्तको नयाँ चरणप्रति हामी अत्यन्त चिन्तित छौँ ।’
जाखारोभाले दुवै पक्षलाई संयमता अपनाउन र तत्काल सैन्य आक्रमण रोक्न आह्वान पनि गरिन् ।
गत अप्रिल ८ मा भएको युद्धविरामपछि अमेरिका र इरानबिच देखिएको यो सबैभन्दा गम्भीर सैन्य तनाव मानिएको छ । पछिल्ला दिनहरूमा दुवै पक्षले एकअर्काविरुद्ध सैन्य कारबाही गरेका छन् , जसले मध्यपूर्वमा पुनः अस्थिरता बढाएको छ । रुस र इरानबीच लामो समयदेखि घनिष्ठ रणनीतिक सम्बन्ध रहँदै आएको छ । दुवै देशले विशेषगरी मध्य एशिया, अफगानिस्तान र इराकजस्ता क्षेत्रहरूमा अमेरिकी नीतिप्रति अविश्वास व्यक्त गर्दै आएका छन् ।
रुसी राष्ट्रपति भ्लादमिर पुटिनले इरानसँगको सम्बन्धलाई रुसको रणनीतिक प्राथमिकतामध्ये एक मान्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण