छातीमा नेपालको नक्साअंकित लोगो लगाएर सीमाका विषयमा विभाजित भएर बहस गर्नु दुर्भाग्यपूर्ण : नेकपा
बुधबार, २७ जेठ २०८३, १७ : ०६
सारांश
- छातीमा नेपालको नक्सा अंकित लोगो लगाएर प्रतिनिधिसभामा मुलुकको सिमानाका विषयमा विभाजित बहस गर्नुपर्नु दुर्भाग्यपूर्ण भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बताएको छ ।
- नेकपाका सांसद प्रमेश हमालले नेपालको सिमानाको सन्दर्भमा विभाजित भएर बहस गर्दा मन गह्रुङ्गो भएको बताए ।
- उनले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भू अखण्डताको विरुद्धमा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सदनको रोष्ट्रममा आएर माफी माग्नुपर्ने र बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का छातीमा नेपालको नक्सा अंकित लोगो लगाएर प्रतिनिधिसभामा मुलुकको सिमानाका विषयमा विभाजित बहस गर्नपर्नु दुर्भाग्यपूर्ण भएको बताएको छ । प्रतिनिधिसभाको बैठकमा विशेष समय दिएर नेकपाका सांसद प्रमेश हमालले त्यस्तो बताएका हुन् ।
‘छातीमा नेपालको नक्सा लगाएर नेपालको सिमानाको सन्दर्भमा विभाजित भएर बहस गर्दा मन गह्रुङ्गो भएको छ,’ हमालले भने । उनले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भू अखण्डताको विरुद्धमा आपत्तिजनक अभिव्यक्ति दिएको बताए । संसारका कुनै पनि सत्तासीन नेताहरूले सीमाको सम्बन्धमा यस्तो अभिव्यक्ति दिँदैनन् भन्दै व्यङ्ग्य गरे ।
उनले प्रधानमन्त्रीले सदनको रोष्ट्रममा आएर माफी माग्नुपर्ने र उनले बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इयु प्रतिबन्धबारे चीनको चेतावनी
-
कश्मीरमा हेलिकप्टर दुर्घटना
-
महानगरद्वारा आगामी आर्थिक वर्षका लागि सुझाव सङ्कलन
-
१० दिनमा हट्यो संसद् अवरोध , विपक्षीले फेरे विरोधका कार्यक्रम
-
अबदेखि विपन्न नागरिकलाई १० प्रतिशत शैया र सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउनुपर्ने
-
नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण