युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन एनआरएनए युरोप सक्रिय
काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को आगामी ११५औँ बैठकको तयारी तथा युरोप क्षेत्रीय सम्मेलनलाई केन्द्रमा राखेर युरोप क्षेत्रीय भर्चुअल बैठक सम्पन्न भएको छ।
बैठकमा विशेषगरी आगामी १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन २०२६ लाई सफल बनाउने विषय मुख्य प्राथमिकतामा रहेको थियो। युरोप क्षेत्रीय समितिद्वारा आयोजित बैठकमा आईसीसी पदाधिकारीहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का अध्यक्ष तथा महासचिवहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैठकले युरोप क्षेत्रभित्र संस्थागत एकता, समन्वय तथा साझा धारणा निर्माणमा सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।
बैठकमा “संकल्प Citizenship, Investment & Prosperity” भन्ने मूल नारासहित आगामी १०–११ अगस्ट २०२६ मा आयरल्यान्डको डब्लिनस्थित Radisson Blu Royal Hotel मा आयोजना हुने १७औँ युरोप क्षेत्रीय सम्मेलनको तयारीबारे विस्तृत समीक्षा गरिएको थियो।
आयोजक पक्षले सम्मेलनलाई ऐतिहासिक, व्यवस्थित र परिणाममुखी बनाउने तयारी तीव्र रूपमा अगाडि बढाइएको जानकारी दिएको थियो। विशेषगरी सम्मेलनमार्फत गैरआवासीय नेपालीहरूको नागरिकता, लगानी प्रवर्द्धन, आर्थिक समृद्धि तथा नेपालसँगको भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखिएको जनाइएको छ।
बैठकमा सहभागीहरूले सम्मेलनलाई सम्पूर्ण युरोपवासी नेपालीहरूको साझा उत्सवका रूपमा सफल बनाउन आ–आफ्नो देशबाट सक्रिय सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यसैगरी बैठकमा आगामी जुन १३ र १४ मा हुने आईसीसीको ११५औँ बैठकका प्रस्तावित एजेन्डामाथि समेत छलफल गरिएको थियो।
विभिन्न एनसीसीबाट सुझाव, धारणा तथा जिज्ञासाहरू संकलन गर्दै आईसीसी बैठकमा प्रस्तुत गरिने साझा क्षेत्रीय धारणा तयार पार्ने विषयमा सहमति भएको बताइएको छ। एनसीसी एकता सम्बन्धी पछिल्लो अवस्थाबारे समेत जानकारी आदान–प्रदान गरिएको बैठकमा सहभागीहरूले संस्थालाई थप प्रभावकारी, समावेशी र एकीकृत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
बैठकको अन्त्यमा आयोजक समितिले युरोप क्षेत्रीय सम्मेलनको प्रचार–प्रसार, सहभागिता विस्तार तथा समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै सबैलाई सम्मेलन सफल बनाउन एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
-
कर्णालीमा विपद् जोखिम न्यूनीकरण कर्णाली प्रदेश कार्यमञ्च गठन
-
बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन
-
‘रातो किताब’ मा नभेटेपछि वडाध्यक्षले सांसदसँग मागे आफ्ना वडामा परेका योजनाका लिस्ट
-
‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट
-
टिपर दुर्घटनामा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण