सर्वोच्च अदालतमा रिट निवेदन दर्ता सम्बन्धी नयाँ व्यवस्था लागू
सारांश
- सर्वोच्च अदालतले रिट निवेदन दर्ता र कारबाहीलाई छिटो, छरितो र व्यवस्थित बनाउन नयाँ समय सीमा तोकेको छ।
- सेवाग्राहीहरूले पेस गरेका रिट निवेदनहरू अब २४ घण्टाभित्र टुङ्ग्याइने छ।
- दर्ता गर्न नमिल्ने प्रकृतिका निवेदनहरू ४८ घण्टाभित्र आवश्यक निकास दिइने छ।
काठमाडौँ । सर्वोच्च अदालतले अदालतमा दर्ताका लागि आउने रिट निवेदनहरूको कानुनी प्रक्रिया र कारबाहीलाई थप छिटो, छरितो र व्यवस्थित बनाउन नयाँ समय सीमा तोकेको छ।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले एक सूचना जारी गर्दै रिट निवेदन दर्ता तथा त्यसको निकासका लागि समय निर्धारण गरेको हो।
सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाले जारी गरेको सूचनामा उल्लेख भए अनुसार सेवाग्राहीहरूले आवश्यक कागजातहरू सहित सर्वोच्च अदालतमा दर्ताका लागि पेस गरेका रिट निवेदनहरू अब २४ घण्टाभित्र टुङ्ग्याइने छ। महाशाखाका अनुसार रिट निवेदन पेस भएको समयबाट सामान्यतया २४ घण्टाभित्र दर्ता सम्बन्धी सम्पूर्ण कारबाही प्रक्रिया पूरा गरिसक्नु पर्ने व्यवस्था मिलाइएको छ।
यसका साथै, दर्ता हुन नसक्ने प्रकृतिका रिट निवेदनहरूको हकमा पनि अदालतले निश्चित समय सीमा तोकेको छ। यदि सेवाग्राहीले पेस गरेको रिट निवेदन दर्ता गर्न नमिल्ने वा कानुनी रूपमा दर्ता हुन नसक्ने प्रकृतिको देखिएमा, त्यस्ता निवेदनहरू पेस भएको समयले ४८ घण्टाभित्र आवश्यक निकास दिइने ब्यहोरा सूचनामा स्पष्ट पारिएको छ। यसले गर्दा दर्ता नहुने निवेदनहरू लामो समयसम्म अल्झिएर बस्ने समस्याको अन्त्य हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले शिक्षा र स्वास्थ्यमा कर लगाउन पाउँदैन : अमरेश सिंह
-
अमेरिकी सेनाको आक्रमणपछि हराइरहेका ३ जना भारतीयको मृत्यु
-
दक्षिण अफ्रिकाका मिडफिल्ड जादुगर टेबोहो मोकोएना
-
भारतीय गोदाममै थन्कियो नेपाली चिया
-
अमेरिका र इरानबिच लगातार दोस्रो दिन मध्यपूर्वभरि आक्रमण–प्रत्याक्रमण
-
बजेटमाथि हर्क साम्पाङको टिप्पणी : खुट्टामा घाउ छ, उपचार नगर्ने तर नयाँ जुत्ता किन्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण