अमेरिका र इरानबिच लगातार दोस्रो दिन मध्यपूर्वभरि आक्रमण–प्रत्याक्रमण
तेहरान । अमेरिका र इरानले लगातार दोस्रो दिन मध्यपूर्व क्षेत्रमा एकअर्काविरुद्ध सैन्य आक्रमण गरेका छन् । यसले अप्रिलमा भएको नाजुक युद्धविरामलाई थप संकटमा पारेको छ । अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)ले दक्षिणी इरानका सैन्य, निगरानी तथा राडार केन्द्रहरूलाई लक्षित गर्दै आत्मरक्षात्मक आक्रमण सम्पन्न गरेको जनाएको छ ।
यो आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा कारबाही जारी रहने चेतावनी दिएको केही घण्टापछि भएको हो । इरानले युद्ध स्थायी रूपमा अन्त्य गर्न सम्झौता गर्न अत्यधिक ढिला गरेको आरोप ट्रम्पले लगाएका थिए ।
अमेरिकी आक्रमणपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य सम्पत्तिमाथि आक्रमण गरेको जनाएको छ । बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरू लगातार दोस्रो दिन पनि इरानी आक्रमणको निशानामा परेका छन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले जोर्डनस्थित अमेरिकी कमान्ड केन्द्रलाई ब्यालिस्टिक मिसाइलद्वारा निशाना बनाएको दाबी गरेको छ ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार आईआरजीसीले जोर्डनको मुवाफ्फाक सल्ती एयरबेसमा १२ वटा ब्यालिस्टिक मिसाइल प्रहार गरी ठूलो सङ्ख्यामा अमेरिकी लडाकु विमान तथा सैन्य संरचना नष्ट गरेको दाबी गरेको छ । तर यी दाबीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन । बहराइनको गृह मन्त्रालयले रातभर हवाई हमलाको साइरन बजाइएको जनाएको छ । त्यस्तै, कुवेत सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण हवाई लक्ष्यहरू अवरोध गरेको जानकारी दिएको छ । इरानी आक्रमणपछि कुवेतले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेको घोषणा गरेको छ ।
नयाँ तनावका बिच आईआरजीसीले स्टेट अफ होर्मुज हुँदै गइरहेका दुईवटा तेल ट्यांकरमाथि पनि आक्रमण गरेको दाबी गरेको छ । यसअघि इरानी सरकारी सञ्चारमाध्यमहरूले होर्मुजसबै प्रकारका जहाजका लागि पूर्ण रूपमा बन्द गरिएको समाचार दिएका थिए । तर अमेरिकी सेन्टकमले भने व्यापारिक जहाजहरू अझै पनि उक्त जलमार्ग हुँदै आवतजावत गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीभित्र चरम निषेध र अपमान भएको आरोप लगाउँदै पूर्वसांसद लामाले भनिन्, ‘आजदेखि म स्वतन्त्र छु’
-
लागुऔषध रोकथामका लागि विशेष सुधार योजना ल्याउँदैछौँ : गृहमन्त्री
-
१६ वर्षपछि विश्वकपको उद्घाटन खेलमा फेरि भिड्दै मेक्सिको र दक्षिण अफ्रिका
-
बालेनलाई अर्जुन र स्वर्णिमलाई विदुर भन्दै सुलभ खरेलले गरे बजेटबारे तीन आलोचना
-
मोबाइलमा फोटो देखाएर यौन धन्दा, बिचौलियाले प्रयोग गर्थे ट्याक्सी र निजी कार
-
प्रधानमन्त्रीले आम मतदाता र जनमतको हुर्मत लिए : महर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण