अमेरिकी सेनाको आक्रमणपछि हराइरहेका ३ जना भारतीयको मृत्यु
बिहीबार, २८ जेठ २०८३, १३ : ०४
सारांश
- ओमानको खाडीमा अमेरिकी सेनाले गरेको आक्रमणपछि हराइरहेका ३ जना भारतीय नाविकको मृत्यु भएको पुष्टि भएको छ ।
- अमेरिकाले इरानबाट तेल बोकेको ट्याङ्करमाथि निर्देशन नमानेको भन्दै आक्रमण गरेको थियो ।
- घटनापछि भारतले अमेरिकी दूतावासका उपप्रमुखलाई बोलाएर स्पष्टीकरण मागेको छ ।
काठमाडौँ । ओमानको खाडीमा अमेरिकी सेनाले गरेको आक्रमणपछि हराइरहेका ३ जना भारतीय नाविकको मृत्यु भएको पुष्टि भएको छ । भारतका जलमार्गमन्त्री सर्वानन्द सोनोवालले बिहीबार उक्त जानकारी दिएका हुन् ।
अमेरिकाले इरानबाट तेल बोकेको र आफ्नाे निर्देशन नमानेको भन्दै उक्त ट्याङ्करमाथि ‘निसाना’ लगाएको बताएको थियो । घटनापछि भारतमा तीव्र प्रतिक्रिया देखिएको छ । नयाँ दिल्लीले अमेरिकी दूतावासका उपप्रमुखलाई बोलाएर घटनाबारे स्पष्टीकरण मागेको छ ।
ट्याङ्करमा कार्यरत ३ जना भारतीय नागरिक आक्रमणपछि बेपत्ता भएका थिए । खोजी अभियानका क्रममा उनीहरूको मृत्यु भएको पुष्टि भएपछि भारत सरकारले घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।
भारतीय अधिकारीहरूले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घटनाको विस्तृत विवरण र आक्रमणको परिस्थितिबारे अमेरिकासँग थप जानकारी मागिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि प्रिगाबालिन औषधी बिना प्रेस्क्रिप्सन बेच्न नपाइने
-
पार्टीभित्र चरम निषेध र अपमान भएको आरोप लगाउँदै पूर्वसांसद लामाले भनिन्, ‘आजदेखि म स्वतन्त्र छु’
-
लागुऔषध रोकथामका लागि विशेष सुधार योजना ल्याउँदैछौँ : गृहमन्त्री
-
१६ वर्षपछि विश्वकपको उद्घाटन खेलमा फेरि भिड्दै मेक्सिको र दक्षिण अफ्रिका
-
बालेनलाई अर्जुन र स्वर्णिमलाई विदुर भन्दै सुलभ खरेलले गरे बजेटबारे तीन आलोचना
-
मोबाइलमा फोटो देखाएर यौन धन्दा, बिचौलियाले प्रयोग गर्थे ट्याक्सी र निजी कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण