संसद् बैठक
बजेटमाथि हर्क साम्पाङको टिप्पणी : खुट्टामा घाउ छ, उपचार नगर्ने तर नयाँ जुत्ता किन्ने ?
बिहीबार, २८ जेठ २०८३, १२ : ५४
सारांश
- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि टिप्पणी गर्दै यसलाई खुट्टामा भएको घाउ सन्चो नपारी नयाँ जुत्ता लगाउन खोजेको जस्तो बताएका छन् ।
- उनले बजेटले खानेपानी र पहाडी विकट क्षेत्रमा टेलिकम नेटवर्कको प्राथमिकतालाई बेवास्ता गरेको बताए ।
- साम्पाङले बजेटले काठमाडौँ बाहिर पनि नेपाल रहेको कुरालाई ध्यान दिनुपर्ने भन्दै सरकारको आलोचना गरे ।
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट खुट्टाकाे घाउ जस्ताे भएकाे र सन्चो नपारी नयाँ जुत्ता लगाउन खोजेको जस्तो भएकाे बताएका छन् ।
‘अहिले खुट्टामा घाउ छ, यसको लागि उपचार नगरी नयाँ जुत्ता खोजियो,’ उनले भने । उनले बजेटले प्राथमिकता तय गर्न नसकेको बताए ।
‘अहिले खानेपानी नपाउने कुरा छ, पहाडी विकट क्षेत्रमा टेलिकमको नेटवर्क टिप्दैन । त्यसका लागि बजेटले प्राथमिकता पाएन,’ उनले संसदमा भने । बजेटले काठमाडौँ बाहिर पनि नेपाल रहेको भन्दै सरकारलाई व्यग्यं गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा
-
उल्टो बाटो जति हिँडे पनि अगाडि पुगिँदैन
-
बीपी राजमार्गसहितका सडक मर्मतका लागि टेन्डर आह्वान
-
जनकपुरका होटल र पानी उद्योगमा विभागको छापा : तीन व्यवसायलाई कारबाही
-
जनमत पार्टीका सचिव यादवले दिए राजीनामा
-
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण