एकैदिन सुन प्रतितोला ५ हजार १०० रुपैयाँले घट्यो
सारांश
- नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको छ।
- हिजो प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८६ हजार ७०० रुपैयाँमा झरेको छ।
- चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका विवरण अनुसार आज छापावाल सुनको मूल्यमा प्रति तोला ५ हजार १०० रुपैयाँले कमी आएको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँ कायम गरिएको छ। यसअघि हिजो बुधबार सुन प्रतितोला २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ४५ हजार ८०० रुपैयाँ तोकिएको छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज गिरावट देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेर ४ हजार ६५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ४ हजार ७४० रुपैयाँमा खरिद(बिक्री भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ३ हजार ९८७ रुपैयाँ रहेको हो ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा फेरबदल हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय गोदाममै थन्कियो नेपाली चिया
-
अमेरिका र इरानबिच लगातार दोस्रो दिन मध्यपूर्वभरि आक्रमण–प्रत्याक्रमण
-
बजेटमाथि हर्क साम्पाङको टिप्पणी : खुट्टामा घाउ छ, उपचार नगर्ने तर नयाँ जुत्ता किन्ने ?
-
जेफ्री एप्स्टिनले व्यक्तिगत सम्बन्ध बनाउन खोजेको बिल गेट्सको दाबी
-
मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा
-
‘मिस्टर एन्ड मिस एसइई सुपर मोडल’को उपाधि सिटौला र सिंहलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण