बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

'सीमा क्षेत्रको बाटोलाई सरकारले बजेट दिएन'

बिहीबार, २८ जेठ २०८३, १२ : ४२
बिहीबार, २८ जेठ २०८३

सारांश

  • दार्चुलाका सांसद गणेश ठगुन्नाले सीमा क्षेत्रको बाटोका लागि सरकारले पर्याप्त बजेट नछुट्याएको बताएका छन् ।
  • उनले लिपुलेक, कालापानी समेटिएको जिल्लाका लागि बजेट कम भएको भन्दै सरकारले दिने भनिएको विशेष प्राथमिकतामाथि प्रश्न उठाएका छन् ।
  • सांसद ठगुन्नाले दुर्गम हिमाली र पहाडी जिल्लालाई बजेटले सधैँ वञ्चित गरिरहेको र आगामी बजेटले पनि सोही निरन्तरता दिएको बताएका छन् ।

काठमाडौँ ।  दार्चुलाबाट निर्वाचित एमाले  सांसद गणेश ठगुन्नाले  सीमा क्षेत्रको बाटोको लागि सरकारले बजेट पर्याप्त नछुटाएको बताएका छन् ।

लिपुलेक, कालापानी समेत रहेको जिल्लाका सांसद ठगुन्नाले सीमा क्षेत्रमा बजेट कम भएको भन्दै ठगुन्नाले  सरकारले दिने भनेको विशेष प्राथमिकता कस्तो हो ? भन्दै प्रश्न गरे । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट माथि छलफल गर्दै ठगुन्नाले संसदमा सीमाको विषयमा बहस हुने गरेकोमा पनि भूगोलको जनतामा थप पिडा भइरहेको सुनाएका हुन् । 

उनले  दुर्गम हिमाली र पहाडी जिल्लालाई बजेटले सधैँ वञ्चित गरिरहेको भन्दै आगामी आवको बजेटले पनि वञ्चित गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप