बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ईभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति चाहिन्छ : राप्रपा

बिहीबार, २८ जेठ २०८३, ११ : ३८
बिहीबार, २८ जेठ २०८३

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति आवश्यक रहेको बताएको छ ।
  • राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आयातमा केही शङ्का देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताए ।
  • उनले जेठ १ देखि १४ गतेसम्म ३ हजार सवारी साधन आयात भएको तथा कर जेठ १४ गते पास भएर २१ गते गाडी आउनुले शङ्का देखिएको बताए ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति आवश्यक रहेको बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आयातमा केही शङ्का देखिएकाले संसदीय छानबिन समिति आवश्यक रहेको बताए । 

आफूहरूले त्यो छानबिन समिति अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई काम गर्न नदिन नभई स्पष्ट हुनका लागि आवश्यक रहेको बताए । 

उनले जेठ १ देखि १४ गतेसम्म ३ हजार सवारी साधन आयात भएको  तथा कर जेठ १४ गते पास भएर २१ गते गाडी आउनुले शङ्का देखिएको उनको भनाए छ ।  ‘१४ गते कर पास भएर २१ गते नाकाबाट गाडी भित्रनुलाई करका दल हेरफेर नभनेर के भन्ने,’ शाहीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप