पहिलो हाफमै अमेरिकाको ३–० को फराकिलो अग्रतता
सारांश
- फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह 'डी' को पहिलो खेलमा आयोजक अमेरिकाले पाराग्वेविरुद्ध पहिलो हाफमै ३-० को अग्रता लिएको छ ।
- अमेरिकाको अग्रतामा डी. बोबाडिल्लाको आत्मघाती गोल र फोलारिन बालोगुनले गरेका दुई गोल सामेल छन् ।
- घरेलु मैदानमा आक्रामक खेल पस्किएको अमेरिकाविरुद्ध पाराग्वे रक्षात्मक रूपमा कमजोर देखिएको छ ।
काठमाडौँ । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह 'डी' को आफ्नो पहिलो खेलमा आयोजक अमेरिकाले पाराग्वेविरुद्ध पहिलो हाफमै ३–० को प्रभावशाली अग्रता लिएको छ । लस एन्जलस स्टेडियममा भइरहेको यो प्रतिस्पर्धामा अमेरिकाले सुरुदेखि नै खेलमा आफ्नो वर्चस्व कायम गरेको हो ।
अमेरिकाले खेलको ७औँ मिनेटमा पाराग्वेका डिफेन्डर डी. बोबाडिल्लाको आत्मघाती गोलबाट सुरुवाती अग्रता प्राप्त गरेको थियो । त्यसपछि फरवार्ड फोलारिन बालोगुनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको अग्रतालाई दोब्बर र तेब्बर बनाए ।
बालोगुनले खेलको ३१औँ मिनेटमा व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गरे । त्यस्तै, पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा पुन: गोल गर्दै उनले अमेरिकालाई पहिलो हाफमै ३–० को बलियो स्थितिमा पुर्याएका हुन् ।
घरेलु मैदानमा भइरहेको यस खेलमा अमेरिकाले निकै आक्रामक खेल पस्किएको छ भने पाराग्वे रक्षात्मक रूपमा कमजोर देखिएको छ । अब दोस्रो हाफमा पाराग्वे खेलमा फर्कनका लागि ठुलो दबाबमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदूषित हावा हटाउन आठ अर्ब ७१ करोडको परियोजना
-
ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व सङ्कलन
-
हिमालको स्वाद संकटमा : क्यान्जेनको याक चिज जोगाउन सकस (तस्बिरहरू)
-
युक्रेनी आक्रमणले रुसी अर्थतन्त्र र समाजमा असर पारेको छ : भ्लादिमिर पुटिन
-
बागलुङको ढोरपानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
-
सेफ सन्तोष साह धनुषाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण