पाराग्वेविरुद्ध अमेरिकाको प्रभावशाली जित
सारांश
- फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह डी को पहिलो खेलमा आयोजक अमेरिकाले पाराग्वेलाई ४-१ गोलअन्तरले पराजित गरेको छ ।
- अमेरिकाका लागि फोलारिन बालोगुनले दुई गोल गरे भने एक गोल आत्मघाती र एक गोल जियोभानी रेनाले गरे ।
- पाराग्वेका लागि मौरिसियोले एक गोल फर्काए ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को आयोजक संयुक्त राज्य अमेरिकाले प्रतियोगितामा धमाकेदार सुरुवात गरेको छ। लस एन्जलसमा भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै ३ अंक जोडेको हाे।
समूह 'डी' को आफ्नो पहिलो खेलमा अमेरिकाले पहिलो हाफमै ३ गोल गर्न सफल भएको थियो । खेलको ७औँ मिनेटमा पाराग्वेका डिफेन्डर डी बोबाडिल्लाको आत्मघाती गोलबाट सुरुवाती अग्रता प्राप्त गरेको थियो । त्यसपछि फरवार्ड फोलारिन बालोगुनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको अग्रतालाई दोब्बर र तेब्बर बनाए ।
बालोगुनले खेलको ३१औँ मिनेटमा व्यक्तिगत पहिलो र टोलीका लागि दोस्रो गोल गरे । त्यस्तै, पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा पुनः गोल गर्दै उनले अमेरिकालाई पहिलो हाफमै ३–० को बलियो स्थितिमा पुर्याएका थिए ।
दोस्रो हाफको अतिरिक्त समयमा अमेरिकाका जियोभानी रेनाले एक गोल थपे । पाराग्वे मौरिसियोले ७३ मिनेटमा एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ महिनाअघि पशुपतिमा युवकको हत्या गरेर भागेको आरोपमा साधु पक्राउ
-
भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित
-
कारागारबाट फरार डाँका चोरी मुद्दाका कैदी सिन्धुपाल्चोकबाट पक्राउ
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
छोरी जन्मिए प्रोत्साहन भत्ता !
-
चैते धान र वर्षे धानको मूल्य तय, निर्देशिका पनि जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण