न्याय माग्दै डाक्टरहरूद्वारा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
सारांश
- विभिन्न ७ बुँदे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
- प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन २०७४ले तोके बमोजिम प्रति दिन अधिकतम १२ घण्टा र सातामा ७२ घण्टा भन्दा बढी हुन नहुने उनीहरूको माग रहेको छ ।
- सातामा ४८ घण्टा भन्दा बढीको कार्यसमय भएमा श्रम ऐन बमोजिम अतिरिक्त समय काम गरेबापत भत्ता उपलब्ध गराइनु पर्ने उनीहरूको माग रहेको छ ।
काठमाडौँ । विभिन्न ७ बुँदे माग राखेर डाक्टरहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्रशिक्षार्थी चिकित्सकको ड्युटी समय नेपालको श्रम ऐन २०७४ले तोके बमोजिम प्रति दिन अधिकतम १२ घण्टा र सातामा ७२ घण्टा भन्दा बढी हुन नहुने उनीहरूको माग रहेको छ ।
सातामा ४८ घण्टा भन्दा बढीको कार्यसमय भएमा श्रम ऐन बमोजिम अतिरिक्त समय काम गरेबापत भत्ता उपलब्ध गराइनु पर्ने उनीहरूको माग रहेको छ ।
यस्ता छन् मागहरु :
१.प्रशिक्षार्थी चिकित्सक (ईन्टर्न तथा आवसीय चिकित्सक) को ड्युटी समय नेपालको श्रम ऐन २०७४ले तोके बमोजिम प्रति दिन अधिकतम १२ घण्टा र सातामा ७२ घण्टा भन्दा बढी हुन नहुने। साथै सातामा एक दिन अनिवार्य बिदाको व्यवस्था हुन पर्ने।
_evsQwktFAR.jpg)
२. सम्पूर्ण प्रशिक्षार्थी महिला चिकित्सकलाई कानुन बमोजिम उपलब्ध हुने तलब सहितको सुत्केरी बिदा उपलब्ध गराइनु पर्ने। उक्त बिदाको अवधिको अध्ययन र प्रशिक्षण सुत्केरी अवस्था पछि बिना कुनै रोकतोक गर्न पाइनुपर्ने। साथै सम्पूर्ण महिला स्वास्थ्यकर्मी (करार तथा स्थायी) लाई समेत स्थायी कर्मचारीलाई उपलब्ध गराए सरहको प्रसूति बिदा उपलब्ध गराइनु पर्ने।
_SB9fQsr5xA.jpg)
३.नेपाल सरकारले २०८३/८४ को बजेट भाषण मार्फत बढाएको तलब अनुरूप पहिले नेपाल सरकार सँग भएको सहमति बमोजिम आवासीय चिकित्सकलाई श्रावण महिना देखि बढेको तलब सहित अधिकृत आठौँ तहको तलब उपलब्ध गराइनु पर्ने। साथै सातामा ४८ घण्टा भन्दा बढीको कार्यसमय भएमा श्रम ऐन बमोजिम अतिरिक्त समय काम गरेबापत भत्ता उपलब्ध गराइनु पर्ने।
_5IZLaD4hbI.jpg)
४.ईन्टर्न चिकित्सक ४.५ वर्ष एम.बि.बि.एस / बि.डि.एस अध्ययन पुरा गरी नेपाल मेडिकल काउन्सिलमा प्रोभिजनल दर्ता भएका चिकित्सक हुन्। स्नातक तहको अध्ययन पूरा गरिसकेका ईन्टर्न चिकित्सकलाई कम्तीमा नेपाल सरकारको अधिकृत स्तर छैठौँ सरह तलब उपलब्ध गराउनु पर्ने। साथै सातामा ४८ घण्टा भन्दा बढी कार्यसमय रहेमा श्रम ऐन बमोजिम भत्ता उपलब्ध गराइनु पर्ने।
_iTSFqlZ5kM.jpg)
५.प्रशिक्षार्थी चिकित्सकहरूको श्रम तथा अन्य शोषण भए-नभएको गुनासो सुन्न र अनुगमन गर्न चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले अधिकार सम्पन्न समिति गठन गर्नु पर्ने। प्रत्येक मेडिकल कलेजमा मानसिक विभागको रोहबरमा प्रशिक्षार्थी चिकित्सकको मानसिक स्वास्थ्य प्रवर्धनको निम्ति समिति गठन गर्नु पर्ने।
_bJH5xmVvjy.jpg)
६.विशेष कारणवश पढाई बिचमा नै छोड्नु परेमा आवसीय चिकित्सकलाई हाल कायम राखिएको उच्च जरिवाना घटाउन पर्ने। उक्त सिट खेर जान नदिन, अर्को बर्ष हुने प्रथम वर्षको सिट संख्यामा थपेर समायोजन गर्नु पर्ने।
_cNNfkEp5vU.jpg)
७.एम.बि.बि.एस/ बि.डि.एस पछि एम.डि/एम.एस./एम.डि.एस अध्ययन गर्न राखिएको १ बर्षे अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गरिनु पर्ने। यो प्रावधानले गर्दा नव-चिकित्सकहरू जस्तो सुकै अवस्थामा काम गर्न बाध्य हुने भएकाले चिकित्सा शिक्षा ऐनको यथाशीघ्र संशोधन गरि खारेज गरिनु पर्ने।
_6QxyYEqscJ.jpg)
_0nGTy2iHjc.jpg)
_quywxoE1o3.jpg)
_FXTwLnXZAC.jpg)
_WL8o4fpueg.jpg)
_hZhtpF9lAN.jpg)
_IvXDov8Ej0.jpg)
_IRWR79ulyC.jpg)
_Dt2QRiL9PW.jpg)
_ZwfS6lkdSP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण