कोलम्बिया र कङ्गोबिच प्रतिस्पर्धा सुरु, जितको खोजीमा दुवै टोली
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कोलम्बिया र कङ्गो लोकतान्त्रिक गणराज्यबिच प्रतिस्पर्धा मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा भइरहेको छ ।
- कोलम्बियाले यस खेलमा जित निकाले अन्तिम ३२ मा स्थान पक्का गर्नेछ भने कङ्गो लोकतान्त्रिक गणराज्यका लागि पनि जितले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ ।
- कङ्गो लोकतान्त्रिक गणराज्यले अघिल्लो खेलमा पोर्चुगलसँग १–१ को बराबरी खेल्दै विश्वकप इतिहासमा पहिलो अंक र पहिलो गोल दर्ता गरेको थियो ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बिया र कङ्गो लोकतान्त्रिक गणराज्यबिच प्रतिस्पर्धा सुरु भएको छ । खेल मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा भइरहेको छ ।
कोलम्बियाले यस खेलमा जित निकाले अन्तिम ३२ मा स्थान पक्का गर्नेछ। यता कङ्गो लोकतान्त्रिक गणराज्यका लागि पनि जितले नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउनेछ।
कङ्गो लोकतान्त्रिक गणराज्यले अघिल्लो खेलमा पोर्चुगलसँग १–१ को बराबरी खेल्दै विश्वकप इतिहासमा पहिलो अंक र पहिलो गोल दर्ता गरेको थियो। यसअघि सन् १९७४ मा ‘जायरे’ नामबाट विश्वकप खेलेको टोलीले तीनवटै खेल हार्दै कुल १४ गोल खाएको थियो र एक गोल पनि गर्न सकेको थिएन।
त्यसैले पोर्चुगलविरुद्धको बराबरी कङ्गो लोकतान्त्रिक गणराज्यका लागि ऐतिहासिक उपलब्धि मानिएको छ। अब टोली त्यो सकारात्मक प्रदर्शनलाई निरन्तरता दिँदै कोलम्बियाविरुद्ध थप सफलता हासिल गर्ने लक्ष्यमा छ।
यता कोलम्बिया भने नकआउट चरणको टिकट सुनिश्चित गर्न जित निकाल्ने उद्देश्यसहित मैदानमा उत्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
-
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
-
नेपाली राजनीतिको दुर्भाग्य : उत्साहप्रद आरम्भ र दर्दनाक अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण