बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेरोफ्लो रोटाक्याप नामक नक्कली औषधि छ्यापछ्याप्ती, सचेत रहन आग्रह

बुधबार, १० असार २०८३, ११ : १४
बुधबार, १० असार २०८३

काठमाडौं ।  औषधि व्यवस्था विभागले बजारमा सेरोफ्लो रोटाक्याप नामक औषधिको नक्कली संस्करण फेला परेको भन्दै सचेत रहन अपील गरेको छ । 

विभागले बुधबार एक सूचना जारी गर्दै भारतको सिक्किमस्थित सिप्ला लिमिटेडले उत्पादन गरेको श्वासप्रश्वास सम्बन्धी यो औषधिको नक्कली प्रतिलिपि बिक्री वितरण भइरहेको जनाएको हो । विभागले सम्पूर्ण चिकित्सक, फर्मासिस्ट, अस्पताल, औषधि व्यवसायी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।
 विभागले औषधिको सक्कली र नक्कली विवरण यकिन गरेर मात्र सिफारिस, बिक्री वितरण तथा प्रयोग गर्न ध्यानाकर्षण गराएको छ । 

विभागका अनुसार सक्कली र नक्कली औषधि पहिचान गर्न प्याकेजिङमा रहेका केही सूक्ष्म भिन्नताहरू हेर्नुपर्ने हुन्छ । सेरोफ्लो रोटाक्याप  दमको उपचारमा प्रयोग हुने औषधि हो ।

724576286_2074813243433758_4245298108807808668_n (1)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप