पाकिस्तानी हवाई क्षेत्रमा छिर्यो एयर इन्डियाको विमान
सारांश
- प्राविधिक गडबडीका कारण अनियन्त्रित भई पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको एयर इन्डियाको विमान पुनः भारत फर्काइएको छ ।
- उडानका क्रममा प्राविधिक समस्या देखिएपछि विमान आफ्नो निर्धारित मार्गबाट विचलित भई पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको थियो ।
- यस घटनाका कारण यात्रुहरूलाई करिब चार घण्टा ढिलाइ भएको छ र अधिकारीहरूले प्राविधिक समस्याको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् ।
नयाँ दिल्ली । भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डियाको एउटा यात्रुवाहक विमान प्राविधिक गडबडीका कारण अनियन्त्रित भएर पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेपछि पुनः भारत फर्काइएको छ ।
सो विमानले दिल्लीबाट अमृतसरका लागि उडान भरेको थियो । एयरपोर्ट अधिकारीहरूका अनुसार एयरबस एआई–३२१ विमान सोमबार राति ९ः१८ बजे दिल्लीबाट उडेको थियो, जुन निर्धारित समयभन्दा केही मिनेट ढिलो थियो ।
उडानका क्रममा प्राविधिक समस्या देखिएपछि विमान आफ्नो निर्धारित मार्गबाट विचलित भई पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको बताइएको छ । पाकिस्तानको हवाई यातायात नियन्त्रण (एटीसी)ले विमानलाई सीमा उल्लङ्घनबारे चेतावनी दिएपछि पाइलटले तुरुन्तै स्थिति बुझेर विमानलाई भारततर्फ फर्काएका थिए ।
तर अमृतसरको हवाई क्षेत्रमा अत्यधिक ट्राफिक भएकाले विमानलाई तत्काल अवतरण अनुमति दिइएन । त्यसपछि एटीसीले विमानलाई पुनः दिल्ली फर्किन निर्देशन दिएको थियो । विमान दिल्लीमा सुरक्षित अवतरण गरेपछि करिब दुई घण्टापछि पुनः अनुमति लिएर फेरि उडान भरेको थियो ।
पुनः उडानपछि विमान अन्ततः राति २ः२० बजे अमृतसरमा सुरक्षित रूपमा अवतरण गरेको बताइएको छ । यस घटनाका कारण यात्रुहरूलाई करिब चार घण्टा ढिलाइ भएको छ ।
सम्बन्धित अधिकारीहरूले प्राविधिक समस्या र मार्ग विचलनको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् । विमान कसरी पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गर्यो भन्ने विषयमा विस्तृत जाँच भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
-
प्रसिद्ध गायिका अलका याग्निकलाई ‘पद्म भूषण’ सम्मान
-
बुटवल उपमहानगरद्वारा ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक
-
रियल मड्रिडको अनुभवदेखि विश्वकपको मञ्चसम्मः मोरक्कोका ‘डिफरेन्स–मेकर’ डियाज
-
अध्यादेशको ६० दिने समयसीमाः प्रक्रियामा चार वटा पुग्दा बाँकी चार वटा निष्क्रिय हुने सम्भावना
-
वीरेन्द्रनगर नगरपालिकाले ल्यायो ४ अर्ब ७१ करोडको बजेट (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण