हेटौंडामा निर्माण व्यवसायी घिमिरेमाथि आक्रमण
हेटौंडा । मकवानपुरको हेटौंडामा निर्माण व्यवसायी समाज घिमिरेमाथि आक्रमण भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा उपमहानगरपालिका–५ स्थित टी टाइम क्याफे नजिक गएराति करिब ११ बजे हेटौंडा–२ निवासी घिमिरेमाथि आक्रमण भएको हो ।
प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेका अनुसार आक्रमणबाट घिमिरेको अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको छ । प्रारम्भिक अनुसन्धानबाट राजु घिमिरे नामका व्यक्तिले आपसी विवादका क्रममा कुटपिट गर्दै धारिलो हतियार प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।
घटनापछि आरोपित राजु घिमिरे काठमाडौंतर्फ फरार भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाअघि दुवै जना सँगै बसेर मदिरा सेवन गरेका थिए । सोही क्रममा विवाद बढ्दै जाँदा आक्रमण भएको हुन सक्ने प्रारम्भिक निष्कर्ष छ । घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि घाइतेका परिवारले जाहेरी दिने तयारी गरिरहेको र जाहेरी प्राप्त भएपछि कानुनी प्रक्रिया अगाडि बढाइने प्रवक्ता काफ्लेले बताए ।
धारिलो हतियार प्रहारबाट घाइते भएका समाज घिमिरेको मकवानपुर सहकारी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
घटनामा राजु घिमिरेसहित अन्य केही व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंका गरिएको छ । उनीहरूको पहिचान तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शोकमा डुबे फ्रान्सका प्रशिक्षक डेसचाम्प्स, नर्वेविरुद्धको खेलमा अनुपस्थित हुने
-
ललितपुरका वडाहरूलाई ४ करोड रुपैयाँसम्मको बजेट सीमा
-
ललितपुरमा कृषकलाई बहाल कर छुट
-
ललितपुरका ७६ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १० हजार रुपैयाँ भत्ता
-
यी हुन् रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराउनेहरु (सूचीसहित)
-
‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ : चीनले नेपालको सन्दर्भमा दिन खोजेको सन्देश के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण