सशस्त्रले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने
काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण र सहयोग गर्न त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए ।
बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’
नेपाल प्रवेश गर्ने मुख्य नाकाहरूमा त्यस्तो टिम (बिआईटी) परिचालन गरिने आईजी पौडेलले बताए । उनले भने, ‘बिआईटी मूल नाकाहरूमा परिचालन गर्छाैँ, त्यो अभ्यास काउन्टर पार्टस्मा पनि छ ।’
सशस्त्रले बिआईटी टोलीमा परिचालन गर्ने सकलदर्जालाई अनुशिक्षण दिइरहेको छ । नाकामा स्क्रिनिङ गर्ने र काउन्टर पार्टस्सँग समन्वय गरेर सो टोलीले काम गर्ने पौडेलले बताए । उनले भने, ‘त्यो युनिट एउटा समितिको रूपमा रहन्छ ।’
आन्तरिक सुरक्षामा अहिले भइरहेका कामलाई प्रभावकारी बनाउने गरी सशस्त्रले काम गरिरहेको आईजी पौडेलले बताए । उनले भने, ‘बेटर रिजल्ट कसरी भन्नेमा केन्द्रित भएर काम गरिरहेका छौँ ।’
सशस्त्र प्रहरीले यस वर्षको मनसुन अवधिमा हुनसक्ने सम्भावित विपद् जोखिमको पूर्व तयारी तथा प्रतिकार्य योजना पनि सार्वजनिक गरेको छ ।
सशस्त्रले देशभरका १६ स्थानलाई ‘जोखिमयुक्त’ स्थान पहिचान गरेको छ । ती १६ स्थानमा बेस स्थापना गरिएको सशस्त्रका प्रवक्ता डीआईजी कार्कीले बताए । उनले भने, ‘१६ वटा बेसमा जनशक्ति र स्रोत साधन तयारी अवस्थामा राखिएको छ ।’
सशस्त्रले धनकुटा, सुनसरी, बारा, सप्तरी, धादिङ, सिन्धुली, मकवानपुर, काभ्रे, म्याग्दी, गोरखा, दाङ, सुर्खेत, जुम्ला, डडेलधुरा, डोटी र कैलालीमा बेस स्थापना गरेको छ । यसैगरी सात वटा प्रदेशको ५४ ठाउँमा अस्थायी मनसुन प्रतिकार्य वेश स्थापना गरिएको डीआईजी कार्कीले जानकारी दिए ।
विपद् प्रतिकार्यको लागी ८ हजार १८० जना सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरूलाई २४ सै घण्टा स्ट्याण्डबाई राखिएको छ । विपद् व्यवस्थापन तालिम गरेका २१ हजार ६९९ जनशक्ति रहेको सशस्त्रले जनाएको छ ।
सशस्त्रले देशभरका आफ्नो युनिटहरूमा ‘डिजास्टर फोकल पर्सन’ तोकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, आपतकालिन कार्य सञ्चालन केन्द्र, प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र र जिल्ला आपतकालिन सञ्चालन केन्द्रहरूमा तालिम प्राप्त ९५ जना सशस्त्रका कर्मचारीहरूलाई समन्वयको लागी परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
-
माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण