नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबिच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
काठमाडौँ । नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धी एक महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ।
काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रमका बीच कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीले सो सम्झौता पत्रमा हस्ताक्षर गरे। यो सम्झौतासँगै अब गाउँपालिकाका श्रमिकहरूले ६० वर्ष उमेर पुगेपछि पेन्सन सुविधा प्राप्त गर्न सक्ने बाटो खुलेको छ।
नयाँ व्यवस्था अनुसार गाउँपालिकाले आफ्नो श्रमिक कल्याण कोष सञ्चालन कार्यविधि अनुसार सहभागी श्रमिकको खातामा मासिक ५०० रुपैयाँ थपिदिनेछ। यस योजनामा सहभागी श्रमिक आफैँले मासिक ५०० रुपैयाँ योगदान गर्नुपर्नेछ भने गाउँपालिकाले ५०० रुपैयाँ थपेर प्रतिमहिना कुल १ हजार रुपैयाँ कोषमा जम्मा हुने व्यवस्था मिलाइनेछ।
यसका लागि नागरिक लगानी कोषले योजना सञ्चालन गर्न आवश्यक पर्ने केवाईसी फाराम तथा व्यक्तिगत विवरण कार्ड निःशुल्क उपलब्ध गराउनेछ। गाउँपालिकाले भने सहभागी श्रमिकहरू तथा उनीहरूको व्यक्तिगत खाता सम्बन्धी विवरणलाई नियमित रूपमा अद्यावधिक राख्नुपर्नेछ। नागरिक पेन्सन योजना सञ्चालन कार्यविधि, २०७६ बमोजिम योजनामा सहभागी श्रमिकले ६० वर्ष उमेर पूरा गरेपछि मासिक रूपमा पेन्सन सुविधा पाउनेछन्।
यदि पेन्सन पाइरहेका सहभागी श्रमिकको मृत्यु भएमा वा उनी हराएर बेपत्ता भएको अवस्थामा निजको श्रीमान् वा श्रीमतीलाई प्रचलित व्यवस्था अनुसार सोही सरह आजीवन पेन्सन उपलब्ध गराइने व्यवस्था सम्झौतामा गरिएको छ। दुवैको मृत्यु भएको खण्डमा भने खातामा बाँकी रहेको बचत रकम उनीहरूको नजिकको हकवालाले पाउनेछन्।
यसका साथै, यो योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको कुल रकमको ८० प्रतिशतसम्म रकम गाउँपालिकाको सिफारिसमा सापटीका रूपमा समेत लिन सकिने सुविधा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय धान दिवसमा ७५ लाख लिटर दही खपत हुने अनुमान
-
महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
-
नेपाली फुटबल निलम्बनमा पर्नु एन्फा पदाधिकारीकै गैरजिम्मेवारीपन : सदस्यसचिव मेहता
-
मानव–वन्यजन्तु द्वन्द्व रोक्न वृक्षरोपण अभियान
-
एनभीएलमा सहभागी हुने फ्रेन्चाइज भलिबल टिमको नाम सार्वजनिक
-
सात महिना यताकै न्यूनस्तर नजिक ओर्लियो सुनको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण