बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

बिहीबार, ११ असार २०८३, १६ : ४९
बिहीबार, ११ असार २०८३

सारांश

  • शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजा त्रुटिपूर्ण सम्बन्धमा थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।
  • राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।
  • गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी 'नन ग्रेडेड' अर्थात् अनुत्तीर्ण भएका छन् ।

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजा त्रुटिपूर्ण सम्बन्धमा थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क एवं डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको हो ।  

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । उनीहरूले पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) को शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको बताएका छन् । 

गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप