कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
बिहीबार, ११ असार २०८३, १६ : ४९
सारांश
- शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजा त्रुटिपूर्ण सम्बन्धमा थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ ।
- राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् ।
- गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी 'नन ग्रेडेड' अर्थात् अनुत्तीर्ण भएका छन् ।
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १२ को नतिजा त्रुटिपूर्ण सम्बन्धमा थप अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । शिक्षा मन्त्रालयका उपसचिव र पाठ्यक्रम विकास केन्द्रका उपसचिवको समेत प्रतिनिधित्व रहने गरी उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्क एवं डेटा इन्ट्रीको भेरिफिकेसन गर्न समिति गठन गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन् । उनीहरूले पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) को शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको बताएका छन् ।
गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
-
बारामा ९३ हजार मेट्रिकटन भन्दा बढी धान उत्पादन
-
कोशी प्रदेशमा २ अर्ब ८ करोडका ४ ठुला परियोजना स्वीकृत
-
कर्णालीको बजेट : नीति र विधिका गफ तर व्यवहारमा पहुँचवालाकै रजाइँ !
-
आलोचना भएपछि फुटपाथमा पार्किङ गरेको प्रहरीको भ्यानलाई जरिवाना
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक (लाइभ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण