आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीको सदरमुकाम परासी बजारमा चार लेन बाटो बन्ने

मङ्गलबार, ०३ साउन २०७४, १२ : १४
मङ्गलबार, ०३ साउन २०७४

परासी–सदरमुकाम परासी बजारको बुद्धचोकदेखि निलोगेटसम्म चार लेन बाटो बन्दै छ । तराईका सदरमुकामहरु विकासका लागि सरकारले बिनियोजन गरेको ५० करोडको रकमले यो व्यस्थित बाटो व्यस्थित हुन लागेको हो । 


१ हजार ४ सय २८ मिटर लम्बाई रहेको उक्त बाटो २४ करोडको हाराहारीमा ठेक्का भएको छ । ठेक्काको सम्पूर्ण कार्य पुरा भैसके पनि ठेकेदारको लापरवाहीले दुई पक्षीय सम्झौता भने भयनसकेपछि स्थानीयमा अन्योलता छाएको छ । 

रामग्राम नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताले भने, नगरपालिकाले यस बाटाको विस्तारका लागि सडको सेन्टरबाट ५०/५० फिट जग्गा बाटोलाई लिइने छ । दुबै साईडमा ३.५ मिटरको दुई/दुई लेनको पिच बाटो निर्माण गरिने छ । बाटोका बिचमा एक डिभाईडर राखिने छ जसमा विरुवाहरु रोपि हरियाली सडक बनाईने योजना बनाइएको छ ।


बाटोको दुवै साईट ढलनिकास, पैदलयात्रीका लागि पेटी निर्माण पनि हुदै छ । बुद्धचोकदेखि निलोगेटसम्मै सोलार बत्ति पनि जडान गरिने ईन्जिनियर गुप्ताले जानकारी दिए ।


बाटो पुर्ण रुपले ट्राफिक नियम अनुसार बन्ने छ । ठाउँठाउँमा जेब्रा क्रसिङ्ग, ट्राफिक बत्ति, स्टप प्वाईन्ट, ट्राफिक सिग्नल र  मिलनचोकहरु समेतको निर्माण गरिने छ । सदरमुकाम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले यो पहिलो कार्य थालेको छ । यो आयोजना पुरा हुन १५ महिना भन्दा बढि समय लाग्ने नगरपालिकाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप