नवलपरासीको सदरमुकाम परासी बजारमा चार लेन बाटो बन्ने
परासी–सदरमुकाम परासी बजारको बुद्धचोकदेखि निलोगेटसम्म चार लेन बाटो बन्दै छ । तराईका सदरमुकामहरु विकासका लागि सरकारले बिनियोजन गरेको ५० करोडको रकमले यो व्यस्थित बाटो व्यस्थित हुन लागेको हो ।
१ हजार ४ सय २८ मिटर लम्बाई रहेको उक्त बाटो २४ करोडको हाराहारीमा ठेक्का भएको छ । ठेक्काको सम्पूर्ण कार्य पुरा भैसके पनि ठेकेदारको लापरवाहीले दुई पक्षीय सम्झौता भने भयनसकेपछि स्थानीयमा अन्योलता छाएको छ ।
रामग्राम नगरपालिकाका ईन्जिनियर सतिश गुप्ताले भने, नगरपालिकाले यस बाटाको विस्तारका लागि सडको सेन्टरबाट ५०/५० फिट जग्गा बाटोलाई लिइने छ । दुबै साईडमा ३.५ मिटरको दुई/दुई लेनको पिच बाटो निर्माण गरिने छ । बाटोका बिचमा एक डिभाईडर राखिने छ जसमा विरुवाहरु रोपि हरियाली सडक बनाईने योजना बनाइएको छ ।
बाटोको दुवै साईट ढलनिकास, पैदलयात्रीका लागि पेटी निर्माण पनि हुदै छ । बुद्धचोकदेखि निलोगेटसम्मै सोलार बत्ति पनि जडान गरिने ईन्जिनियर गुप्ताले जानकारी दिए ।
बाटो पुर्ण रुपले ट्राफिक नियम अनुसार बन्ने छ । ठाउँठाउँमा जेब्रा क्रसिङ्ग, ट्राफिक बत्ति, स्टप प्वाईन्ट, ट्राफिक सिग्नल र मिलनचोकहरु समेतको निर्माण गरिने छ । सदरमुकाम विकास कार्यक्रम अन्तर्गत नगरपालिकाले यो पहिलो कार्य थालेको छ । यो आयोजना पुरा हुन १५ महिना भन्दा बढि समय लाग्ने नगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण