आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा सुरु हुने

आइतबार, १४ असार २०८३, १० : ४१
आइतबार, १४ असार २०८३

सारांश

  • त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आगामी असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ।
  • स्वास्थ्य बीमा गराएर शिक्षण अस्पतालमा उपचार गराउँदै आएका सर्वसाधारण बिरामीहरूलाई यस निर्णयले राहत मिल्ने विश्वास गरिएको छ।
  • बीमा अन्तर्गतको ओपीडी टिकट बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म र दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म बीमा टिकट काउन्टरबाट प्राप्त गर्न सकिनेछ।

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको बहिरङ्ग (ओपीडी) सेवा पुनः सञ्चालन गर्ने भएको छ। 

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आगामी भोलि (असार १५ गते)देखि स्वास्थ्य बीमा अन्तर्गतको ओपीडी सेवा मात्र पुनः सुरु हुन लागेको जानकारी दिएको हो। यस निर्णयबाट स्वास्थ्य बीमा गराएर शिक्षण अस्पतालमा उपचार गराउँदै आएका सर्वसाधारण बिरामीहरूलाई राहत मिल्ने विश्वास गरिएको छ।

​अस्पतालका अनुसार बीमा अन्तर्गतको ओपीडी टिकट वितरणका लागि समय समेत निर्धारण गरिएको छ। बिरामीहरूले बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म र दिउँसो १:०० बजेदेखि २:३० बजेसम्म अस्पतालको बीमा टिकट काउन्टरबाट टिकट प्राप्त गर्न सक्नेछन्।

730160449_989238900648853_259591045067859440_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप