आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

प्रधानमन्त्रीले संसदमा जवाफ नदिई पार्टी महाधिवेशनमा प्रतिक्रिया दिएको भन्दै आपत्ति

आइतबार, १४ असार २०८३, १६ : ३०
आइतबार, १४ असार २०८३

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुको साटो पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिने गरेकोमा असन्तुष्टि जनाएको छ ।
  • कांग्रेस सांसद रेणुका काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति नेपालको आधिकारिक राजनीतिक सन्देश हुने भएकाले ओहोदाको गरिमा र कूटनीतिक मर्यादामा सचेत रहन आग्रह गरिन् ।
  • काउचाले प्रधानमन्त्रीले सदनलाई नभई पार्टीका कार्यकर्तालाई जानकारी दिनुभएको हो भनी प्रश्न गरिन् ।

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा जवाफ दिनुको साटो पार्टीको महाधिवेशनको मञ्चबाट प्रतिक्रिया दिने गरेकोमा पनि असन्तुष्टि जनाएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेस सांसद रेणुका काउचाले प्रधानमन्त्रीको प्रत्येक अभिव्यक्ति नेपालको आधिकारिक राजनीतिक सन्देश हुने भएकाले प्रधानमन्त्रीले आफ्नो ओहोदाको गरिमा जोगाउन र कूटनीतिक मर्यादामा सचेत रहन आग्रह गरिन् ।

 ‘हामी विपक्षी दलहरूले सदनमा जवाफ मागिरहेका छौँ । तर, उहाँले पार्टी महाधिवेशनमा जवाफ दिनुभयो,’ काउचाले भनिन्, ‘सदनलाई होइन पार्टीका कार्यकर्तालाई जानकारी दिनुभएका हो ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप