दक्षिणकालीमा पिकअप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु
आइतबार, १४ असार २०८३, १२ : १६
सारांश
- मकवानपुरबाट काठमाडौँ आउँदै गरेको पिकअप ट्रक इन्द्रसरोवर गाउँपालिका–३ घारखोल्सा स्थित दक्षिणकाली सडक खण्डमा अनियन्त्रित भई सडकबाट १५० मिटर तल खस्दा चालक गम्भीर घाइते भएका थिए ।
- उपचारका क्रममा ४५ वर्षीय चालक मुकुन्द झ्यारी मगरको आइतबार बिहान ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको छ ।
- प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । मकवानपुरबाट काठमाडौँ आउँदै गरेको पिकअप दुर्घटना हुँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । शुक्रबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घारखोल्सा स्थित दक्षिणकाली सडक खण्डमा पिकअप दुर्घटना हुँदा चालक मुकुन्द झ्यारी मगर गम्भीर घाइते भएका थिए ।
उपचारको क्रममा ४५ वर्षीय झ्यारी मगरको आइतबार बिहान आज ललितपुरस्थित पाटन अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शुक्रबार बिहान साढे ६ बजेतिर बागमती प्रदेश ०१–०२६ च ५५९९ नम्बरको पिकअप अनियन्त्रित भएर सडकबाट १५० मिटर तल खसेको थियो । चालक झ्यारी मगर मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–९ चित्लाङका स्थानीय हुन् ।
हेटौँडा बस्दै आएका उनलाई पाटन अस्पतालका चिकित्कसहरुले अइतबार बिहान मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्धन किन कालो देखिन्छ ?
-
पोखरामा २१औँ रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित
-
रास्वपाका सांसद केपी खनालले सभामुखलाई ‘कर्मचारी महोदय’ भनेपछि...
-
कसरी बाहिरिए समूहमा तेस्रो हुने चार टोली ?
-
रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण