मदन भण्डारी ‘राष्ट्रिय पुरस्कार’ बाट रमेश रुछेन राई पुरस्कृत
सारांश
- लेखक तथा अध्येता रमेश रुछेन राईलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ प्रदान गरिएको छ ।
- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राईलाई दुई लाख रुपैयाँ र सम्मान पत्रसहितको पुरस्कार प्रदान गरिन् ।
- राईको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दुल’ लाई फाउन्डेसनले पुरस्कारका लागि छनौट गरेको थियो ।
काठमाडौँ । मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८२ बाट लेखक तथा अध्येता रमेश रुछेन राईलाई प्रदान गरिएको छ । मदन भण्डारी फाउन्डेसनले उनको अनुसन्धानमूलक कृति ‘श्वेतशार्दुल’ लाई पुरस्कारका लागि छनौट गरेको थियो ।
मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजना भएका विशेष समारोहका बिच राईलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गरिन् ।
पुरस्कारको राशि दुई लाख रुपैयाँ र सम्मान पत्र रहेको छ । इलामको सूर्योदय नगरपालिका–११, केराबारीका स्थायी बासिन्दा राईले राजनीति, विकास तथा समसामयिक विषयमा कलम चलाउँदै आएका छन् । फाउन्डेसनले जननेता मदन भण्डारीको जन्म जयन्तीको अवसरमा अध्ययन, अनुसन्धान, संस्मरण लेखन तथा प्रकाशनमार्फत उनको व्यक्तित्व, विचार, राजनीतिक जीवन र योगदानलाई दस्तावेजीकरण तथा प्रचारप्रसारमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति वा संस्थालाई पुरस्कृत गर्दै आएको छ ।
मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८२ बाट पुरस्कृत राईले करिब १० वर्ष लगाएर कृति ‘श्वेतशार्दुल’ तयार पारेको बताए । साथै, उनले आफ्नो कृतिमार्फत मदन चिनाउने प्रयास भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वप्रधानमन्त्रीहरूको नयाँ सन्देशदेखि प्रतिनिधिसभामा विपक्षीको प्रश्नै प्रश्नसम्म
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण