मदन भण्डारीको ७५औँ जन्मजयन्ती
प्रतिगमन गरेर हैरान छ, लोकतान्त्रिक र वामपन्थी मिलेर पराजित गर्नुपर्छ : केपी ओली
आइतबार, १४ असार २०८३, १६ : २९
सारांश
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नु रहेको बताएका छन् ।
- उनले सबै लोकतान्त्रिक वामपन्थी मिलेर कार्यगत एकताको माध्यमबाट प्रतिगमनलाई पराजित गर्नुपर्नेमा जोड दिए ।
- ओलीले समाजवाद निर्माणको कुरा अहिलेको प्राथमिकता नभएको बताए ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको मुख्य आवश्यकता प्रतिगमनलाई परास्त गर्नु रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘कहाँबाट समाजवाद निर्माण गर्नु, हैरान छ प्रतिगमन गरेर । यतिबेला प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो’, उनले भने, ‘सबै लोकतान्त्रिक वामपन्थी मिलेर कार्यगत एकताको माध्यमबाट प्रतिगमनलाई पराजित गर्नैपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ लाख बराबरका मोबाइल, फोन बरामद
-
अब श्रमिक उडाउँदैमा जिम्मेवारी नसकिने, म्यानपावरले अनिवार्य अनुगमन गर्नैपर्ने
-
महिला यात्रुलाई हैरानी पार्ने इनड्राइभ र याङ्गो राइडर पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउँछ : मन्त्री मेहता
-
जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ
-
४३ देशका लागि संसदीय मैत्री समूह, संयोजक र सदस्य तोकिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण