धमाधम जेनजी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन माग्दै नेताहरू
सारांश
- एमाले उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गत भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् ।
- गुरुङले आयोगको प्रतिवेदनमा आफूलाई समेत दोषी देखाइएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै अनुसन्धान प्रतिवेदनको पूर्णपाठ उपलब्ध गराइदिन माग गरेका हुन् ।
- यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकले पनि आयोगको प्रतिवेदन उपलब्ध गराउन माग गर्दै आयोगमा निवेदन दिएका छन् ।
काठमाडौँ । गत भदाै २३ र २४ गते भएकाे घटनाकाे अनुसन्धान प्रतिवेदन मागसहित एकपछि अर्काे गरी नेताहरू राष्ट्रिय मानव अधिकार आयाेगमा निवेदन दिन थालेका छन्।
आज मात्रै तीन जना नेताहरूले आयाेगेल गरेकाे जेनजी आन्दाेलनसम्बन्धी आयाेगकाे प्रतिवेदन माग गर्दै निवेदन दर्ता गराएका छन्।
एमाले उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले गत भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा आइतबार निवेदन दिएका छन् ।
गुरुङले आयोगको प्रतिवेदनमा आफूलाई समेत दोषी देखाइएको भन्ने विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको भन्दै अनुसन्धान प्रतिवेदनको पूर्णपाठ उपलब्ध गराइदिन माग गरेका हुन् ।
यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखकले पनि आयोगको प्रतिवेदन उपलब्ध गराउन माग गर्दै आयोगमा निवेदन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
-
असारे रोपाइँ महोत्सवले आकर्षित गर्यो विदेशी पर्यटक
-
साेमबार नेकपाको भर्चुअल बैठक बस्ने
-
कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण, १२५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण