आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

पुष्पलाल जन्मजयन्तीमा समाजवादबारे बहस

आइतबार, १४ असार २०८३, २१ : ४६
आइतबार, १४ असार २०८३

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको १०२औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा समाजवाद र नेपालको कम्युनिस्ट आन्दोलनको भविष्यबारे बहस हुने भएको छ।

फाउन्डेसन फर पिस डेभलपमेन्ट एण्ड सोसलिजमको आयोजनामा सोमबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने कार्यक्रममा एमाले, नेकपा लगायत विभिन्न कम्युनिस्ट धारका शीर्ष नेताहरू एकै मञ्चमा सहभागी हुँदैछन्।

कार्यक्रमको मुख्य आकर्षण पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तकको विमोचन हो। पुस्तकमार्फत नेपालमा समाजवादको बाटो, बहुदलीय जनवादको बहस र कम्युनिस्ट आन्दोलनको आगामी दिशाबारे वैचारिक छलफल हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा अमिक शेरचन, भीम रावल, देव गुरुङ, युवराज ज्ञवाली,नेतृ शान्ता मानवी, घनश्याम भुसाल, जनार्दन शर्मा, नेत्रविक्रम चन्द, खड्गबहादुर विश्वकर्मा, विश्वभक्त दुलाल ‘आहुती’, धर्मेन्द्र बास्तोला, महेश्वर दाहाललगायत नेताहरूले आफ्नो धारणा राख्नेछन् ।

नेपालको कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुगेको विश्लेषण भइरहेका बेला पुष्पलालको जन्मजयन्तीमा "वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद ?" भन्ने विषय फेरि राष्ट्रिय बहसको केन्द्रमा आएको छ।

नेपालमा १० वैशाख २००६ मा कम्युनिस्ट पार्टी स्थापना गरेका पुष्पलालले कम्युनिस्ट आन्दोलनलाई राष्ट्रिय यथार्थसँग जोड्दै वैचारिक स्पष्टताको पक्षमा जोड दिएका थिए। 

उनले कम्युनिस्ट घोषणापत्र पहिलो पटक नेपालीमा अनुवाद गरेका थिए भने पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त जनआन्दोलनको कार्यदिशा अघि सार्ने पहिलो कम्युनिस्ट नेतामध्ये एक थिए।

733641808_992008573720435_4393332203927320845_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप