नेदरल्यान्ड्स र मोरक्कोबिचको खेलमा गोलको खडेरी
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा नेदरल्यान्ड्स र मोरक्कोबिचको खेलमा गोल हुन सकेको छैन।
- खेलको ५८औँ मिनेटसम्म दुवै टोलीले गोल गर्न नसक्दा स्कोर बराबरीमा रहेको छ।
- दोस्रो हाफमा मोरक्कोले खेलमाथि दबाब बढाएको छ।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा नेदरल्यान्ड्स र मोरक्कोबिचको खेलमा गोलको खडेरी कायमै रहेको छ। खेलको ५८औँ मिनेटसम्म दुवै टोलीले गोल गर्न नसक्दा स्कोर बराबरीमा रहेको छ।
दोस्रो हाफमा मोरक्कोले खेलमाथि दबाब बढाएको छ। ५२औँ मिनेटमा कप्तान अश्रफ हाकिमीको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएको थियो भने केही मिनेटपछि उनी फेरि गोल गर्ने स्थितिमा पुगे पनि नेदरल्यान्ड्सका डिफेन्डर मिकी भान डे भेनले अन्तिम क्षणमा उत्कृष्ट ट्याकल गर्दै टोलीलाई संकटबाट जोगाए।
यता नेदरल्यान्ड्सले पनि कोडी गाक्पोमार्फत केही आक्रमण बुनेको भए पनि त्यसलाई गोलमा परिणत गर्न सकेको छैन।
विश्व वरीयताका शीर्ष १० भित्र रहेका दुई टोलीबीचको यो प्रतिस्पर्धामा दुवै टोलीले बलियो रक्षात्मक खेल प्रस्तुत गरेका कारण हालसम्म गोलको खडेरी कायम रहेको छ। विजेता टोलीले अन्तिम १६ मा क्यानडासँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक राति बन्द हुने
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
-
दुई जना नेपाली युवा चिनियाँ सुरक्षाकर्मीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण