लालपुर्जा र नेपाली नागरिकताको माग गर्दै सुस्तावासीको माइतीघरमा प्रदर्शन (फोटोफिचर)
काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले लालपुर्जा वितरण, नेपाली नागरिकता तथा सीमा सुरक्षालगायतका माग राख्दै मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
सुस्तावासीले भारतीय सुरक्षाकर्मीबाट विभिन्न प्रकारका दुःख, दबाब र अवरोध भोग्नुपरेको गुनासो गर्दै काठमाडौँ आएर मंगलबारदेखि शान्तिपूर्ण धर्ना सुरु गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, पहिचान र अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । उनीहरूले वर्षौंदेखि नागरिकता र आफूहरूले भोगचलन गर्दै आएको जग्गाको स्वामित्वबाट वञ्चित रहँदै आएको बताएका छन् ।
उनीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गर्नुपर्ने माग गरेका छन् ।
उनीहरूले समस्या समाधान नभएसम्म शान्तिपूर्ण रूपमा आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि दिएका छन्।
_j4pDSkRZC7.jpg)
_frgmOhKwy1.jpg)
_qfgQk5AHDO.jpg)
_aGxYHRTq0H.jpg)
_uGWC0vZcxQ.jpg)
_jXOxkBnQtu.jpg)
_UwR5gCnJDc.jpg)
_4a1v0TLMgF.jpg)
_aTGDXFz09y.jpg)
_GrloI1EAIj.jpg)
_nHhmgUqKRh.jpg)
_TCjnHwwTww.jpg)
_40dRQa1wOL.jpg)
_JjdaWgLZlL.jpg)
_SIZO15YSnY.jpg)
_ex1dlztwX8.jpg)
_DYAnHZBhDm.jpg)
_3n5FpkLwpD.jpg)
_CN9sRmr59c.jpg)
_hS8PAsbtpL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण