पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
सारांश
- फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत फ्रान्स र स्विडेनबीचको खेलमा पहिलो हाफ सकिँदा फ्रान्सले १-० को अग्रता लिएको छ ।
- खेलको ४५ औं मिनेटमा फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
- पहिलो हाफमा फ्रान्सले ७४ प्रतिशत समय बल आफ्नो नियन्त्रणमा राखेको थियो भने १४ पटक प्रहार गरेकोमा ६ वटा टार्गेटमा थिए ।
काठमाडौँ । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गत भइरहेको फ्रान्स र स्विडेनबिचको खेलमा पहिलो हाफ सकिँदा फ्रान्सले १–० को अग्रता लिएको छ ।
खेलको सुरुदेखि नै स्विडेनमाथि निकै दबाब बनाएको फ्रान्सका लागि स्टार स्ट्राइकर केलियन एम्बाप्पेले गोल गरे । उनले पहिलो हाफको अन्तिम समय अर्थात् ४५ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
पहिलो हाफको तथ्याङ्क हेर्दा खेल पूर्ण रूपमा फ्रान्सको नियन्त्रणमा देखिएको छ । फ्रान्सले ७४ प्रतिशत समय बल आफ्नो कब्जामा राखेको छ भने स्विडेनले मात्र २६ प्रतिशत समय बल पाउँन सफल भयो । फ्रान्सले विपक्षीको पोस्टमा १४ पटक प्रहार गरेकोमा ६ वटा प्रहार टार्गेटमा थिए ।
तर स्विडेनले ३ पटक मात्र प्रहार गर्न सक्यो, जसमा २ वटा टार्गेटमा थिए ।
फ्रान्सले पहिलो हाफमा २५७ पास खेल्यो भने स्विडेनले मात्र ९७ पास मात्र खेल्न सक्यो ।
फ्रान्सका केही प्रहारहरू स्वीडेनका गोलरक्षकले बचाए भने केही प्रहारले दिशा लिन सकेनन् । ओलिसेको बाइसाइकल किक र एम्बाप्पेले सहजै पाएको मौका पोस्टमा लागेर गोल हुन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण