आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल

आइतबार, २१ असार २०८३, ०५ : १९
आइतबार, २१ असार २०८३

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असार २१ गते । आइतबार । इस्वी सन् २०२६ जुलाई ५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४८ । आषाढ कृष्णपक्ष । तिथि–पंंचमी, बिहान १० बजेर १ मिनेट उप्रान्त षष्ठी । नक्षत्र– शतभिषा, मध्यान्ह १२ बजेर ४२ मिनेट उप्रान्त पूर्वाभाद्रपदा  । योग–आयुष्मान, दिउँसो ३ बजेर १ मिनेट उप्रान्त सौभाग्य । करण– तैतिल, बिहान ९ बजेर ५३ मिनेट उप्रान्त कौलव, बेलुकी १० बजेर १ मिनेट उप्रान्त गर । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ ।

काठमाडौमा सूर्योदय बिहान ५ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ७ बजेर १ मिनेट । दिनमान ३४ घडी २८ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर १४ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ५ बजेर १५ मिनेटदेखि बिहान ६ बजेर ५८ मिनेटसम्म चर बेला ।
  • बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर ४१ मिनेटसम्म लाभ  बेला ।
  • बिहान ८ बजेर ४२ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २६ मिनेटदेखि बिहान १२ बजेर ८ मिनेटसम्म काल बेला ।
  • दिउँसो १२ बजेर ९ मिनेटदेखि दिउँसो १ बजेर ५१ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १ बजेर ५२ मिनेटदेखि दिउँसो ३ बजेर ३५ मिनेटसम्म रोग बेला ।
  • दिउँसो ३ बजेर ३६ मिनेटदेखि बेलुकी ५ बजेर १८ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ५ बजेर १९ मिनेटदेखि बेलुकी ८ बजेर १८ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ५ बजेर १८ मिनेटदेखि बेलुकी ७ बजेर १ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ  ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ३८ मिनेटदेखि बिहान ४ बजेर २६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ  । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । काम वा अध्ययनबाट विश्राम पाइनेछ । मनोरञ्जन, यात्रा तथा खानपानमा समय व्यातित हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरी मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पत्ति प्रयोग गरी मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । राजनीतिक तथा सामाजिक कार्यक्रम सहभागी हुने वा आफ्ना भनाई राख्ने अवसर प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समयले साथ दिने हुनाले तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि राम्रो नतिजा हात लाग्नेछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेको छ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक सामाग्रीको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । परिवारका साथ रमाइलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कुटुम्ब तथा आफन्तसँगको आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुनाले बाहिरी तत्त्वहरूले प्रभावित पार्नेछ । अध्ययनमा ध्यान जानेछैन भने कार्यक्षेत्रमा काम बिग्रने तथा तपाईँको आलोचना गर्नेहरू बढ्नेछन् । पुराना समस्याहरू पुनः आइलाग्ने तथा शत्रुहरूले दुख दिनेछन् । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला दुख हुने अधिक सम्भावना रहेको छ । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने भए पनि तपाईँकै कारणले टरेर जानेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेको छ । पर्यटन व्यवसाय अगाल्नेहरुले मनग्गे धन तथा सम्पत्ति सङ्ग्रह गर्न सक्नेछन् । सबै जना सहभागी हुने व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । राजनीति तथा सामाजिक सभा समारोहमा सहभागी हुने अवसर जुर्नेछ । मन परेको मानिसबाट उपहार प्राप्तिको योग रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बन्द व्यापारबाट मनग्गे आम्दानी हुनेछ भने नयाँ उद्योगमा लगानी गर्ने अवसर आउनेछ । तपाईँको कुरा काट्ने तथा विरोध गर्नेहरू तपाईँकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित हात पार्न सकिनेछ । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । काम वा अध्ययनलाई थाती राख्दै यात्रामा निस्कन सकिनेछ । पत्रकार तथा राजनीतिकर्मीको लागी  समय उत्तम रहेको छ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  व्यापार व्यवसायमा लगानी गरी सोचेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मीय मित्रमा साथ रमाइलो यात्रा हुनेछ । सबैको सहयोग पाइने हुनाले काम गर्न जोस जाँगर आउनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ भने सबैले तपाईँको क्षमताको कदर गर्नेछन् । आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ भने आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।
  • वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईँ आफ्नै कारणले आफन्त तथा साथीभाइले तपाईँको साथ छाड्नेछन् । व्यापार व्यवसायमा भनेजस्तो आम्दानी हुनेछैन । आफन्तसँग सानो सानो कुरामा मनमुटाब सिर्जना हुनेछ । अन्य काममा नै व्यस्त हुँदा पढ्ने लेख्ने काम थाती रहनेछ । प्रेममा अरूकै नकारात्मक टिप्पणीले शङ्का उब्जिनेछ । छाती सम्बन्धी समस्या आउने प्रबल सम्भावना रहेको छ ध्यान दिनुहोला । तर पनि भने कृषि, पशुपालन व्यवसायमा भने मनग्गे आम्दानी हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम गरी मनग्गे धन तथा सम्पत्ति जोड्न सकिनेछ भने उद्योग, व्यापार व्यवसाय फस्टाएर जानेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नी बिच एक अर्कालाई विश्वास गर्दै अगाडी बढ्न सकिनेछ । आट, पराक्रम गर्न नडराई अगाडी बढ्ने हो भने चाहेको गन्तव्यमा पुग्न सकिनेछ । विवाद तथा हुलमुलका बिच पनि राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) विचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलीको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत सङ्गीतमा लाग्नेहरूका लागी समयले साथ दिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) क्षमता प्रदर्शन गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । समाजसेवामा समय दिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्यको विशेष ख्याल गर्नुहोला औषधी उपचार खर्च बढेर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरूले खासै सहयोग गर्ने छैनन् । पढाइ लेखाइमा ध्यान नजाँदा अरूभन्दा पछि परिनेछ । कामलाई दोहोर्‍याएर गर्नु पर्दा मानसिक तनाव बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भए पनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप