घरेलु तथा साना उद्योग महासङ्घको २६औँ महाधिवेशन प्रारम्भ
काठमाडौँ । लघु, घरेलु तथा साना उद्यमीहरूको छाता सङ्गठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २६औँ राष्ट्रिय महाधिवेशन आजदेखि राजधानीमा प्रारम्भ भएको छ । ललितपुरको जावलाखेलमा भइरहेको महाधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।
महाधिवेशनमा विगतका नीति, कार्ययोजना र कामको समीक्षा, सङ्गठनात्मक अप्ठ्यारो पहिचान, विधान संशोधन, बदलिँदो आर्थिक परिवेश र चुनौती समाधान गर्न भावी कार्यक्रम र रणनीतिक योजना तयसँगै आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालले जानकारी दिए ।
महाधिवेशनको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सार्वजनिक–निजी साझेदारी ढाँचालाई मजबुद बनाउँदै रोजगारी सिर्जनामा सबैको ध्यान जानुपर्ने बताए । उनले स्थानीय आर्थिक विकासका लागि उद्यमीलाई प्रोत्साहन र परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोड्नुपर्ने धारणा राखे ।
महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले ३२ देखि ४० लाख जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको जानकारी दिँदै निजी क्षेत्रको मनोबल बढाउन सरकारको ध्यान जानुपर्ने बताए । सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र देशको समृद्धि सम्भव रहेको उल्लेख गर्दै उनले उद्योगीको मुहारमा खुसी ल्याउन सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
रोजगारी सिर्जना, उद्यमशीलता विकास, स्थानीय स्रोतको उपयोग तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन साना तथा मझौला उद्योगको महत्वपूर्ण भूमिका रहेको महासङ्घले जनाएको छ । २५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई घरेलु तथा साना र २५ करोडभन्दा बढी स्थिर पुँजी भएको उद्योगलाई मझौला उद्योग भनिन्छ । आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आवको फागुनसम्म सात हजार ३६३ साना उद्योग र दुई हजार २३७ मझौला उद्योग दर्ता भएका छन् ।
महासङ्घका अनुसार मुलुकभर नौ लाख ८४ हजार साना तथा मझौला उद्योग सञ्चालनमा छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी
-
गृह मन्त्रालयको प्रतिबद्धतापछि काठमाडौँबाट फर्किए सुस्तावासी
-
कार्गो जहाजमाथि सशस्त्र समूहको आक्रमण
-
हलमा छैनन् नेपाली फिल्म, विदेशी भने भरिभराउ
-
भवनमै सीमित बैतडीको ट्रमा सेन्टर, जनशक्ति अभाव
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण