अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता महेश्वर महर्जन अन्तर्वार्ता मै किन रोए ?
अमेरिका-मानिसका आँशु एक खुशी हुँदा र अर्को दुःखी हुँदा आउँछ । मानिसका सपना पुरा भएमा या आफूले सोचेको कुरा प्राप्त गर्दा मानिसका खुशीका आँशु आउँछ । तर हालसालै शारीरिक सुगठनमा नेपाल र नेपालीको नाम विश्वभर फैलाएका अन्तर्राष्ट्रिय स्वर्ण पदक बिजेता महेश्वर महर्जन मनभरी गुम्सिएका ,हृदयभरी गाँठो परेका दुख बेदना पोख्दै अन्तर्वार्ता दिने क्रममा भावुक बनेका छन्।
थाइल्याण्डमा सम्पन्न १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपका स्वर्ण पदक बिजेता महर्जनसंग अमेरिकाको डीसीबाट संचालित अनलाइन पत्रिका ईनेप्लिज डटकमलाई अन्तर्वार्ता दिने क्रममा उनी भावुक बन्दै केही मिनेट बाेल्नै सकेनन् । उनको गला अबरुद्ध भयो ।
संचारकर्मी सच्ची मैनालीले बिजेता बनेपछि कस्तो महसुस भैरहेको छ भन्ने जवाफ को सही उत्तर पाउन ४ पटक सोधेकी थिइन् । महर्जनले ठीक उत्तर नदिई घुमाई फिराई आफ्ना गुनासो पोखे । स्वर्ण पदक बिजेता खिन्न भएको लाग्थ्यो । उनले निराशाकाे भाव पाेखे ।
आफूभित्र गुम्सिएका बेदना पोखे पछि उनले बिस्तारै संचारकर्मी सच्ची मैनालीले सोधेको जवाफ दिने क्रममा साथीभाईले गर्ने समर्थन आफ्नो ठाउँमा छ भने । तर जहाँबाट सहयोग समर्थन पाउनु पर्ने हो त्यो २२ बर्ष सम्म पनि पाएको छैन भनि दुखेसो पोखे । उनले याे खेलमा सरकारले कुनै कुनै सहयाेग नगरेकाे बताए । ।
उनले अगाडी भने -देशले गर्नु पर्ने हो गरेन तर आफ्नो एउटा सपना थियो त्यो पुरा भएकोमा म खुशी ।
सरकारबाट सहयोग प्राप्त नभए पछि यो प्रतियोगिता पछि खेल त्याग्छु भन्ने मानसिकता साथ प्रतियोगितामा सहभागी हुन् आएको पनि उनले बताए । स्वर्ण पदक बिजेता भैसके पछि पनि सरकारको सहयोग नपाएमा भबिष्यमा यो खेल त्याग्न सक्ने सम्भावना भएको बताए ।
उनलाई तपाईको एउटा फोटोमा आँशु बगिरहेको देखेको थिएँ । यो पक्का पनि खुशीको आँशु हो । अहिले सम्झनु हुन्छ त्यतिखेर के सम्झेर आँशु झरेको थियो भन्ने प्रश्न गर्दा पनि उनि भावुक भए ।
उनले आफूले यो पदक जित्न २२ बर्ष कुर्नु पर्यो भन्दै सरकारले सहयाेग गरे ३- ५ बर्षमा सफलता प्राप्त गर्न सकिने बताए । शारीरिक सुगठन गर्न निकै समय लाग्ने भन्दै अन्य खेल भन्दा फरक रहेको बताए ।
गरिवहरुले यो खेल खेल्न खर्चले नसक्ने हुन्छ भने धनिहरु यस्तामा लाग्दै नलाग्ने बताए ।
थाइल्याण्डको चाङमईमा भएको प्रतियोगितामा महेश्वरले गत शनिबार साँझ पुरुष तर्फ को ७५ केजीको समूहमा स्वर्ण जितेका हुन् ।
याे प्रतियाेगितामा नेपाली खेलाडीले विश्वस्तरमा स्वर्ण जितेको यो पहिलो पटक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण