अहिलेको अवसर सदुपयोग गर्न नसके जनमत फेरिन सक्छ : प्रचण्ड
बुटवल । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमतलाई सहि सदुपयोग गर्न नसके जनमत फेरिन सक्ने दाबी गरेका छन् । नयाँ क्रान्तिको सुरुवात भएको बताएका छन् ।
समाजवादतर्फ उन्मुख नयाँ क्रन्तिको सुरुवात भएको प्रचण्डको भनाई छ ।
बुटवलमा आइतबार लोक अभियान पाक्षिक पत्रिकाको लोकार्पण कार्यक्रममा बोल्दै दाहालले भने,‘अहिले जनतालाई भ्रमित बनाउन विभिन्न कोणबाट देशीबिदेशीबाट विभिन्न खेलहरु भएको छ ।’
नेकपाका अध्यक्ष समेत रहेका प्रचण्डले प्रतिक्रान्ति अगाडी बढाउने चिन्तन अब आवश्यक नभएको पनि बताए । जनतालाई अन्धविश्वासतिर लैजाने, भ्रम छर्ने बानीलाई सधैका लागि चिर्न आवश्यक रहेको भन्दै उनले जनमतको आधारमा जनताको पक्षमा भुमिका निभाउन जोड दिए ।
विश्वको कम्युनिष्ट आन्दोलन अहिले रक्षात्मक रुपमा रहेको भन्दै उनले अहिले पनि सोही अनुसार नै अगाडी बढेको बताए । उनले भने, ‘अहिले हामी कोही पनि नचढेको पहाड चढिरहेका छौ ,यो निकै जिम्मेबारीपूर्ण,चुनौतीपूर्ण पनि छ ।’
प्रमुख प्रतिपक्षी दल काँग्रेसतर्फ संकेत गर्दै उनले अहिलेको प्राप्त उपलब्धीहरुलाई निस्तेज पार्न विभिन्न कसरतहरु भैरहेकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण