शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मापसे गरी सवारी चलाए जागिरबाट निष्कासन

बुधबार, १८ साउन २०७४, १० : ५२
बुधबार, १८ साउन २०७४

तनहुँ–  तनहुँको दमौली स्थित व्यासभूमि यातायात व्यवसायी समितिले मादक पदार्थ (मापसे) सेवन गरि सवारीसाधन चलाउन प्रतिबन्ध लगाएको छ। 


समितिले सवारीसाधन चलाउने चालक र सहचालकले मादक पदार्थ सेवन र सवारी चलाउने क्रममा युवत िजिस्काएको पाइएमा चालक र सहचालकलाई जागिरबाट निष्कासन गर्ने गरेको छ।

व्यासभुमि यातायातको यो राम्रो कार्य लाई सहयोग गर्न र मादक पदार्थ सेवन गर्ने चालक लाई निरुत्साहित गर्न सवारी अनुमति पत्र (लाइसेन्स) मा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले प्वाल पार्ने भएको छ ।


          पछिल्लो समय धेरैजसो दुर्घटना मापसेले गर्दा हुने भएकाले समितिले यस्ता मापसे गर्ने चालकलाई अयोग्य समेत घोषित गरिदिने गरेको छ। 
पछिल्लो समयमा सवारी दुर्घटना धेरैजसो मादक पद्धार्थ सेवनले हुने गरेकोले मापासे गर्ने चालक र सहचालकलाई जागिरबाट निष्कासन गर्ने गरिएको व्यास भूमि यातायात व्यवसायी समितिका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए। 


गाँजा, ट्याब लगायतका लागू पदार्थ सेवन गरि सवारी चलाएको प्रमाणित भएका चालक र सहचालकलाई जागिरबाट निष्कासन गर्ने गरिएको राकुले बताए। गाँजा खाएको एक चालकलाई गत शुक्रबार जागिरबाट निकालिएको समितिले जनाएको छ। 

समितिले मापसे वा लागू पदार्थ सेवन गरेको वा नगरेको बारे छड्के रुपमा निगरानी गर्ने गरेको समेत उनले बताए। 
निगरानीको क्रममा मापसे गरेको पाइएमा चालकलाई समितिको कार्यालयमा ल्याएर प्रहरीलाई नै बोलाएर जाँच गर्न लगाउने र  प्रमाणित भएमा जागिर बाट निष्कासन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
 अध्यक्ष श्रेष्ठका अनुसार हालसम्म ७ जना मापसे गर्ने चालकको जागिर गुमेको छ। 

व्यास भूमि यातायात व्यवसायी समितिले समितिका सबै पदाधिकारी र यातायात व्यवसायीहरुको सहमतिमा मापासे गर्नेलाई जागिरबाट निष्कासन गर्ने निर्णय गरेको जनाएको छ। अध्यक्ष श्रेष्ठले ट्राफिक प्रहरीले चालकसँग लाइसेन्स चेक गर्नुका साथसाथै मापासे चेकजाँचलाई समेत कडाइ गर्न सुझाव दिएका छ्न। गाँजा लगायतको लागुपदार्थ सेवनबारे पनि मापासे जस्तै चेक जाँच गर्न सके दुर्घटना न्यूनीकरण गर्न सकिने श्रेष्ठ बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप