आर्ट काउन्सिलमा भारतीय कलाकारको चित्रकला प्रदर्शनी (तस्बिरसहित)
काठमाडौं– कलाकार काशीनाथ हेरमिथको २३ औं पानी रङ चित्रहरुको प्रदर्शनी शनिबारदेखि राजधानीको आर्ट काउन्सिलमा सुरु भएको छ ।
कोलहापुर महाराष्ट्र भारतका काशीनाथ पानी रङ चित्र कोर्नमा माहिर मानिन्छन् ।
सुन्दर संयोजन, विषयगत अभिव्यक्ति, आकर्षक विषयबस्तुको छनोट र मौलिक प्रस्तुती उनको चित्रकलाका विशेषता हुन् ।
नेपाली कलाकारका बीच भारतीय कलाकारको परिचय, कलाकारको अभिव्यक्ति अदानप्रदानका साथ कलाको प्रचार प्रसारको उद्देश्यले यो चित्रकलाको आयोजना गरिएको हो ।
चित्रकला प्रदर्शनी आगामीस् चैत २० गतेसम्म हुनेछ ।
काउन्सिलमै मिथिला चित्रकला पनि प्रर्दशनी सुरु भएको छ ।
रञ्जु यादवको एकल चित्रकला प्रदर्शनीमा मिथिला संस्कृतिको परम्परागत तथा सांस्कृतिक महत्व झल्किने चित्रकलाहरु राखिएको छ ।
मिथिला संस्कृतिको अलावा समाजमा विद्यमान विकृति, विसंगती, महिला शोषण, छुवाछुत विरुद्धका संन्देशहरु झल्किने चित्रकला प्रर्दशनीलाई कलर्स अफ चेन्ज को नाम दिईएको छ ।
तराई क्षेत्रमा व्याप्त दाईजो प्रथा, भ्रुण हत्या, बालिका विवाह लगायत विकृति विरुद्धको जनचेतना फैलाउने सन्देश चित्रहरुमा देखिन्छ ।

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण