धितोपत्र नियमावली संसोधन
धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा वजार निर्माता नियमावली), २०६४ संशोधन भएको छ । सरकारको स्वीकृतीमा धितोपत्र दलाल व्यवसायीको पूँजी, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन लगायतका विषयहरुमा आवश्यक व्यवस्था गरी सो नियमावलीमा संशोधन गरिएको जनाइएको छ ।
हाल कतिपय धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय विस्तार गरी देशका विभिन्न स्थानवाट सेवा प्रदान गर्दै आईरहेका छन् । साथै यो सेवालाई अझ देशव्यापी रुपमा विस्तार र व्यवस्थित गरी वढी भन्दावढी लगानीकर्ताको पहुँचमा पुर्याउन आवश्यक रहेको सन्र्दभमा शाखा विस्तार कार्यलाई अझ सहज वनाउन तथा यसमा रहने जोखिम समेतलाई मध्यनजर गर्दै संसोधन भएको जनाइएको छ ।
नियमावलीमा दलाल व्यवसायीले कायम गर्नु पर्ने साविकको २० लाख चुक्ता पूँजीलाई १० गुणा अर्थात २ करोड पुर्याइएको छ । यस्तै, बोर्डको स्वीकृति लिएर मात्र शाखा कार्यालय खोल्न सक्ने र आवश्यक पूर्वाधार तथा अन्य शर्तहरु बोर्डले तोक्न सक्ने, मुख्य कार्यालयमा कम्तीमा बाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापन, कानुन विषयमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको व्यक्ति प्रमुख हुनुपर्ने र परिपालन अधिकृत तथा सूचना प्रविधि सहित पाँच कर्मचारी हुनुपर्ने व्यवस्था गरको छ ।
यस अनुसार शाखा कार्यालयको लागि वोर्डले यस्ता कर्मचारी तोक्ने समेत व्यवस्था भएको छ । यसरी संशोधित व्यवस्थानुसार वोर्डले धितोपत्र व्यवसायीको शाखा व्यवस्थापनलाई अझ व्यवस्थित र सुदृढ गर्दै लानेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण