राष्ट्रसंघको ७३ औं अधिवेशनमा नेपाली चेली जोली अमात्यको दमदार सम्बोधन (भिडियोसहित)
अमेरिका– न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा नेपाली चेली जोली अमात्यले संयुक्त राष्ट्रसंघको ७३ औं अधिवेशनमा सम्बोेधन गरेकी छिन् ।
अमात्यले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) स्थापना भएको एक सय वर्ष पूरा भएको अवसरमा ‘भविष्यको कार्य’ नारा रहेको उक्त अधिवेशनमा सम्बोधन गरेकी हुन् ।
सम्बोधनका क्रममा जोलीले सामूहिक कारवाही विश्वव्यापकता तथा समानताको आधारमा हुनुपर्ने गरिन् ।
हरेक वर्ष १.७ खर्ब डलर सेनामा खर्च हुने गरेको भन्दै उनले भनिन्, ‘आर्थिक नमुनाहरूले युद्धका उपकरणहरू र कल्याणका बीचमा मतभेदहरू बताउन सक्दैनन् ।’
यसबाहेक, अत्यधिक आर्थिक विकासको अतिरिक्त मजदूरीलाई स्थिर बनाइएको पनि उनले बताइन् ।
कार्यक्रममा उच्चस्तरीय राजनैतिक व्यक्तित्व, विभिन्न राष्ट्रका राष्ट्र प्रमुखहरु, मन्त्रीहरु, संयुक्त राष्ट्रसंघ सदस्य राज्य, सयुक्त राष्ट्र संघका स्थायी पर्यवेक्षक, कर्मचारी श्रमजीवी संगठन, कर्मचारी संगठन , यूवा प्रतिनिधिहरु ,शिक्षा या शोध क्षेत्र तथा नागरिक समाजका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
नेपालको ललितपुरस्थित पाटन घर भइ हाल न्यूयोर्क बस्दै आएकी जोली हाल सयुक्त राष्ट्र संघको मेजर ग्रुप फर चिल्ड्रेन एण्ड युथको सचिवालयमा कार्यरत छिन् । उक्त संस्था १९९२ मा स्थापना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रात्रिकालिन यातायात विस्तार गर्ने काठमाडौँ महानगरको योजना
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण